
काठमाडौँ ५ फाल्गुन २०७८-प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो साढे २ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विषय पेचिलो बनिरहेका बेला मन्त्रिपरिषद्को बैठकलाई महत्त्वका साथ हेरिएको छ।
सत्ता गठबन्धनमा आबद्ध दलहरू एमसीसीको पक्ष र विपक्षमा उभिदा सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्बाट अनुमोदन गराउने पक्षमा छन् भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) विपक्षमा छन्।
देउवाले गठबन्धनको बैठकअघि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। मन्त्रिपरिषद्को बैठकपश्चात् आजै साँझ ५ बजे सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमै बस्नेछ।
रासस्
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर