सर्मिला रोकाया/ काेल्टी बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं चार वाई निवाशी लालचन्द्र धामिको परीवारलाई आर्थिक सहयोग गरीएको छ । श्रीमति र जेठि छोरी भारतमा ब्यपत्ता पछि गाउँ फर्किनुभएका धामीको परीवारलाई आर्थिक सहयोग गरीएको हो । सामाजिक अभियान्ता तथा नेपाली कागे्रस बाजुराकी महाधिवेशन प्रतिनिधि रिता शाहीको पहलमा संकलन भएको आर्थिक रकम हिजो एक कार्यक्रमको आयोजना गरी धामीको परीवारलाई वितरण गरीएको छ ।
विदेशमा वस्ने विभिन्न सहयोगीदाताहरुबाट संकलन भएको १ लाख ४७ हजार रकम मध्य केहि रकमबाट खाद्यान्न, लत्ता कपडा, भाडाँकुडा, वाख्रा वितरण गरीएको र वाकि रकम धामीको नाममा खाता खोलेर जम्मा भएको शाहीले बताउनुभयो । उहाँले ५४ हजारको तिन वटा वाख्रा, ११ हजारको खाद्यान्न, दश हजारका भाडाँकुडा, लत्ताकपडा वितरण गरीएको र ७२ हजार छोरा छोरीको पढाईका लागि सहज होस भन्ने उदेश्यले राष्टिय वाणिज्य वंैक शाखा कोल्टीमा धामीको नाममा खाता खोली रकम जम्मा गरीदिएको सामाजिक अभियान्ता शाहीले बताउनुभएको छ । २२ वर्ष देखि भारतमा ज्याला मजदुर गर्दै आएको धामीको परीवार एक महिना अगाडी मात्र नेपाल फर्किएको थियो । २०१३ साल देखि कामको शिलशिलामा भारतमा रहनुभएका धामी श्रीमति र छोरीले विहे गरे पछि विचल्लीमा पर्नुभएको थियो । स्वदेश फर्किएको धामीको परीवार वस्ने घर र कमाई खाने खेति नहुदा विचल्लीमा परेको छ । वस्ने घर नहुदा चार जनाको परीवार वडा कार्यालयले वनाएको टिनको टहरामा वस्दै आएको स्थानियले बताएका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर