
बाजुरा : विगत केही समय यता बाजुराका केही यस्ता व्यक्ति , जुन मनमा दया र मनकारी तथा सहयोगी भावना भएका व्यक्तिहरुले आफ्नो कुनै किसिमको फजुल खर्चलाई दिन दु:खी तथा टुहुरा एवंम् साहारा विहिनहरुलाई सहारा दिएर खर्च गर्ने गरेको पाइन्छ । यस्तै बडीमालिका नगरपालिका वडा नं. २ निवासी अमर गिरीले पनि आफ्नो जन्म दिनको अवसर पारेर जन्म दिनमा हुने फजुल खर्च दुई जना टुहुरा बालबालिकालाई खाद्यन्न तथा शैशिक्षक सामग्री सहयोग गरी खर्च गरेका छन । बडीमालिका नगरपालिका वडा नं. २ निवासी अमर गिरीले आफ्नै वडाका दुई जना टुहुरा बालबालिकालाई दश हजार बरावरको सामग्री सहयोग गरी जन्म दिन मनाएका हुन ।
आफ्नै वडा बडीमालिका नगरपालिका २ का विनोद नेपाली र भावना गुयाललाई दश हजार बरावरको खाद्यन्न तथा शैशिक्षक सामग्री सहयोग गरिएको बताएको छ । गिरीका अनुसार आफुले जन्म दिनको अवसरमा फजुल खर्च गर्नु भन्दा सानो भए पनि टुहुरा बालबालिकालाई सहयोग गरेको र आगामी दिनमा पनि यसै गरी सबैले जन्म दिन तथा अन्य खुसीयालीमा गरीने फजुल खर्च टुुहुरा तथा दिन दुःखीहरुका लागी सानो भए पनि सहयोग गरी खर्च गर्नुपर्ने बताएका छन ।
उनले आफै आफ्नै निवासमा दुई बालबालिकालाई एक /एक कट्टा चामल , एक /एक जोर लुगा , झोला , कापि ,कलम र अन्य शैशिक्षक सामग्री गरी करिव दश हजार बरावरको सामग्री सहयोग गरेका हुन । बडीमालिका नगरपालिका नगर उप प्रमुख कविता विष्टको प्रमुख आतिथ्यतामा सो सहयोग हस्तान्त्रण गरिएको हो । उक्त सहयोग हस्तान्त्रण कार्यक्रममा बडीमालिका नगर उप प्रमुख कविता विष्ट प्रमुख अतिथि , बडीमालिका नेपाली काँग्रेस नगर सभापति गोपाल कार्की विशिष्ट अतिथि र बडीमालिका नगरपालिका वडा नं. ८ का नेपाली काँग्रेस वडा सभापनि विर बहादुर थापा विशिष्ट अतिथि रहेका थिए भने सो कार्यक्रममा वडा बाँसी आफन्त भद्र भलाद्मीहरुको सहभागीता रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर