बाजुरा– बुढीगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष हिरालल थापाले कल्पना ठगुन्नालाई प्रमुख प्रशासकिय अधिकृत स्विकार गर्न नसकिने बताउनुभएको छ । पत्रकारहरु संग कुरा गर्दै अध्यक्ष थापाले कार्यपालिकाको निर्णय नै नगरी कल्पना ठगुन्नालाई प्रमुख प्रशासकिय अधिकृत बनाउन खोजिनु गलत भएकाले आफु लगाएत ५ जना वडाध्यक्षको असहमति रहेको अध्यक्ष थापाले बताए । प्रमुख प्रशासकिय अधिकृतको माग राख्दै तिनदेखि नगरपालिकामा स्थानिहरुले ताला लगाएका छन् । जेष्टताका आधारमा प्रमुख प्रशासकिय अधिकृत बनाउने पर्ने भन्दै कार्यपालिका सदस्यहरुले अस्विकार गरेका हुन् ।
यता बुढिगंगा नगरपालिकामा सामान्य प्रशासन मन्त्रालयले पठाएकी प्रमुख प्रशासकिय अधिकृत कल्पना ठगुन्नालाई भने विना कारण बिबादको घेरामा ल्याइएको छ । ठगुन्नाको नाममा प्रमुख प्रशासकिय अधिकृतको सिफारीस नगरपालिकामा आउने बित्तीकै बिबादित बनेकी छन् । नगरपालिकाको कार्यपालिकाको बहुमतको निणर्यका आधारमा मन्त्रालयले सिफारीस गर्नुपर्ने भए पनि बुढिगंगा नगरपालिकामा ८ जना कार्यपालिकाको हस्ताक्षेरीतको निणर्य पनी दुई जनाको कृत्य भएको भन्दै बिबादीत बनेकी हुन् । माघ १८ गते बसेको कार्यपालिकाको पुर्ण बैठकले सुर्खेत गुर्माकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपसचिव कर्ण बहादुर कुवरको नाममा निणर्य गरी पठाएको भए पनि कार्यपालिकाको निणर्यलाई बदर गर्दै नगर प्रमुख दिपक बिक्रम शाह र उप प्रमुख तारा खाती थापा लगायत ८ जनाको बैठकको हस्ताक्षेरमा मन्त्रालयबाट कल्पना ठगुन्नाको नाम सिफारीस गरी प्रमुख प्रशासकिय अधिकृतको रुपमा पठाएको छ । सामान्य प्रशासन मन्त्रालयको ३ गतेको पत्र अनुसार बुढिगंगा नगरपालिकामा कार्यरत कर्मचारी कल्पना ठगुन्नालाई सिफारीस गरी पठाएको र सोको कार्यपालिकाको माघ २७ गते बसेको बैठकको निणर्य अनुसार भनिएको छ ।
यता बहुमतका कार्यपालिका सदस्यहरुलाई आफुहरुलाई खवर नै नगरी कसरी २७ गते बैठक बसेर निणर्य गरियो भन्नेमा आन्दोलीत बनेका छन् । स्थानियले ताला खोलेपनी जेष्टताका आधारमा प्रमुख प्रशासकिय अधिकृत नबनाए आफुहरु आन्दोलनमा जाने वडाध्यक्षहरुको भनाई छ । २० जनाको कार्यपालिकाको बैठकमा बुहमत पुर्याउन ११ जनाको आबस्यक पर्ने भएकोले सो भन्दा कमको सख्यामा बैठक नै चल्दैन वडाअध्यक्ष थापाले बताए । उनले भने यो माघ २७ गते बसेको बैठक अबैधानीक रहेको बताएका छन । त्यसै गरी नगर प्रमुख बाजुरामा नरहेको अबस्थामा उपमेयर तारा खाती थापाले आफु निकट कार्यपालिका सदस्यहरु मात्रै बोलाएर गरिएको बैठक अबैधानीक भएकोले सो निणर्य कार्यपालिकाले नमान्ने अर्का वडाअध्यक्ष धर्मराज जैशीले बताएका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर