
काठमाडौँ ४ फाल्गुन २०७८-मलेसियामा आन्तरिक उडानमा रहेको एयर एसियाको एक विमानमा सर्प भेटिएपछि त्यसलाई अन्यत्र मोडिएको छ। उक्त हवाई सेवाले बिहीबार क्वालालाम्पुरबाट तवानतर्फ उडेको विमानमा सर्प भेटिएको स्विकारेको छ। सामाजिक सञ्जालका एक प्रयोगकर्ताले जहाजमा देखिएको सर्पको फोटो सार्वजनिक गरेका थिए।

‘यो अत्यन्तै दुर्लभ घटना हो,’ एयर एसियाका चिफ सेफ्टी अफिसर लियोङ टेन लिङले सिएनएन ट्राभललाई पठाएको एक वक्तव्यमा लेखेका छन् । यात्रु विमानमा सर्प रहेको थाहा पाएपछि चालकले त्यसलाई कुचिङ सहरतर्फ मोडेका थिए।
विमानलाई कुचिङमा अवतरण गरेर ‘फ्युमिगेसन’ गरिएको थियो। विमानमा सर्प लुक्न सक्ने सम्भावित स्थान पनि सफा गरिएको थियो। ‘यात्रु तथा उडान कर्मचारीको सुरक्षा हाम्रो सबैभन्दा ठुलो प्राथमिकता हो,’ सो हवाई सेवाले भनेको छ।
यो समाचार नागरिक दैनिकमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर