
काठमाडौं, फागुन ४ गते – प्रतिनिधिसभा संसदको बैठक अगाडि बुधबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने बताइएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जानकारी दिनुभएको हो । ‘संसदीय काम, कारबाहीमा भाग लिने र छलफल गर्ने वातावरण नै उहाँहरुले बनाउनुभएन । सभामुखद्वारा पनि हाम्रो कुराको सुनुवाई भएन ।’, एमाले सहभागी भए पनि त्यसको कुनै अर्थ नभएको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा संसद पुर्नस्थापना भएदेखि नै एमालेले १४ जना सांसदको कारबाहीको माग राख्दै संसदमा निरन्तर विरोध जनाउँदै आएको छ । बुधबार बस्ने संसदको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालगायतका विषय टेबल हुने भनिए पनि एमालेले यसमा सकारात्मक धारणा देखाएको छैन ।
यो समाचार गोरखापत्रमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर