• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 16, Dec, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

थाइल्याण्डबाट काठमाडौं अवतरण गरी भैरहवा पुग्नेछ क्यालिब्रेसन फ्लाइट गर्ने जहाज

खप्तड मालिका न्युज February 15, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

३ फागुन, काठमाडौं – निर्धारित तालिका अनुसार आगामी बिहीबार ९५ फागुन० साँझ थाइल्याण्डबाट एक जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । यो जहाज थाइल्याण्डबाटै सिधै भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको थियो । तर, भैरहवा विमानस्थलमा अध्यागमनसम्बन्धी काम सुरु नभएका कारण जहाज काठमाडौं आउन लागेको हो ।
काठमाडौंबाट सम्भव भए बिहीबार साँझ नै र सम्भव नभए शुक्रबार बिहान जहाज भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । यो जहाज भैरहवा विमानस्थलमा उपकरण जडानको जिम्मा पाएको एरोनटिकल रेडियो अफ थाइल्याण्ड ९एरो थाई०ले ल्याउन लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रविन न्यौपानेका अनुसार यसै जहाजबाट शुक्रबार ९६ फागुन० देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’को काम सुरु हुनेछ ।
१५ फागुनसम्म चल्ने छ परीक्षण
तालिका अनुसार ६ फागुनदेखि १५ फागुनसम्म क्यालिब्रेसन फ्लाइटबाट उपकरणहरुको परीक्षणको काम हुनेछ । यस क्रममा भैरहवा विमानस्थलमा अहिले भइरहेको नियमित उडान समेत प्रभावित हुने भएको छ ।
यो पनि पढ्नुहोस
गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना नै निकालेर विमानस्थलमा उडान तथा अवतरणको समय ढिला हुन सक्ने बताएको छ । सोही अनुसार व्यवस्थापन गर्न समेत प्राधिकरणले वायुसेवा कम्पनीहरुसँग भनेको छ । अर्थातः १५ फागुनसम्म यो विमानस्थलमा नियमित उडानहरु प्रभावित हुनेछन् ।
जहाजमा दुई पाइलटसहित ७ जना विशेषज्ञ
यो उडानपछि भैरहवा विमानस्थल अन्य साधारण प्रकृतिको उडानका लागि योग्य र सुरक्षित भएरनभएको प्रमाणित हुनेछ । ‘क्यालिब्रेसन अगाडी अरु उडान गर्दा सुरक्षामा शतप्रतिशत ढुक्क हुने अवस्था हुन्न,’ न्यौपाने भन्छन्, तर, क्यालिब्रेसनले हवाई सुरक्षाको सुनिश्चितता गर्छ ।’
न्यौपानेका अनुसार यस दौरान यन्त्र–उपकरणले काम गरे–नगरेको परीक्षण गरिन्छ । यस क्रममा कन्ट्रोलर टावर र जहाजबीचको कुराकानी गर्न जडान गरिने सूचना संयन्त्रले समेत काम गरे नगरेको हेरिन्छ । धावनमार्गको भौतिक पक्षसँग क्यालिब्रेसनको सम्बन्ध हुँदैन । तर, धावनमार्गमा राखिएका संकेत चिन्ह तथा लाइटिङहरु ठिक भए–नभएको भने हेरिनेछ ।
यसरी हुने क्यालिब्रेसन फ्लाइटका लागि आउने जहाजमा कुल ७ जना हुनेछन् । त्यसमध्ये दुई जना पाइलट र को–पाइलट हुन्छन् । अन्य भने विशेषज्ञ टोली हुनेछन् । एरोथाईकै इन्जिनियर टोलीले परीक्षणको काम गर्नेछ । परीक्षणको काम एकै दिन सम्पन्न हुने भन्ने हुँदैन । सोहीकारण १५ फागुनसम्मको समय राखिएको हो ।
क्यालिब्रेसन उडानपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गर्ने तयारी छ । त्यसपछि भने अन्य व्यवस्थापनको काम पूरा गरी व्यवसायिक उडानका लागि वायुसेवा कम्पनीलाई आह्वान गर्न सकिने छ ।
७ वर्षपछि सम्पन्न हुने क्रममा राष्ट्रिय गौरवको आयोजना
सरकारले भैरहवा विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाको सूचिमा राखेको छ । भैरहवा विमानस्थलको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । भैरहवामा ३ हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको विमानस्थल बनेको छ । यसले अब त्रिभुवन विमानस्थलको विकल्प समेत दिनेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरेको हो । आईसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो ।
विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ । यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकले सहूलीयतपूर्ण ऋण सहयोग गरिरहेको छ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तरराष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ । आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहेको छ । टर्मिनल भवन तथा कन्ट्रोल टावर रहेको छ । अग्नी निवारण तथा जीवनोद्धार सेवाका लागि आधुनिक दमकल र एम्बुलेन्स सेवा समेत यहाँ रहने छ ।
सञ्चालन–व्यवस्थापन प्राधिकरणबाटै
प्राधिकरणका अनुसार यो विमानस्थलमा परीक्षण पूरा भएपछि सञ्चालन तथा व्यवस्थापन अहिले प्राधिकरणकै जनशक्तिबाट हुनेछ । यहाँ आन्तरिक विमानस्थल अहिले पनि सञ्चालनमा छ । त्यसमा थप जनशक्तिसहित दरबन्दी तय भइसकेको बताइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि आफ्नोतर्फबाट १ सय ५१ जना कर्मचारी रहने गरी दरबन्दी तय गरेको छ । यसमध्ये ३६ जनाको दरबन्दी अहिले आन्तरिक विमानस्थल सञ्चालनकै दौरान रहेको छ । त्यो जनशक्तिमा थप गरी दरबन्दी तय गरिएको छ ।
यो समाचार अनलाइन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने
  • पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक
  • काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल
  • नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    समाचार

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित

    नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभाः पार्टी प्रवेशको लहर,एमाले काङ्ग्रेसमा पहिरो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑