• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पचहत्तर लाख पशुपन्छीलाई खोप लगाइँदै

खप्तड मालिका न्युज February 15, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ, फागुन ३ गते - पशुपन्छीमा समय–समयमा एकै पटक देखिने प्रकोप नियन्त्रणका लागि देशैभर अभियान सञ्चालन गरिएको छ । निःशुल्क खोप प्रवाह कार्यक्रमका नाममा सुरु भएको अभियान हिउँद र बर्खामा देखिने विभिन्न प्रकृतिका सङ्क्रामक रोगविरुद्ध पशुपन्छीमा प्रतिरोधात्मक क्षमता विकास गराउने उद्देश्यले सञ्चालन भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागको प्रत्यक्ष निगरानीमा सबै प्रदेशका भेटेरिनरी अस्पतालको सहयोग, प्रदेश कार्यालयको समन्वय र स्थानीय तहको प्रत्यक्ष उपस्थितिमा एकै पटक खोप कार्यक्रम सुरु भएको हो । अभियानअन्तर्गत केही प्रदेशले धमाधम खोप लगाउँदै छन् भने केही फागुनको दोस्रो सातादेखि लगाउने तयारीमा छन् ।

स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा पशु सेवा विभागले लगत सङ्कलन गरी एकै पटक मुलुकभर ७५ लाख पशुपन्छीलाई खोप लगाउन सुरु गरेको हो । जोखिम धेरै देखिएका सुँगुर प्रजातिका जनावरमा लाग्ने रोगविरुद्ध सीएसएफ, कुखुरामा लाग्ने रानीखेत आईटु, गाईभँैसीमा लाग्ने भ्यागुते र चरचरे, भेडाबाख्रामा लाग्ने रोग तथा खुर फाटेका जनावरमा लाग्ने खोरेत रोगको प्रकोप रोक्न एकै पटक देशव्यापी रूपमा खोप अभियान सञ्चालन भइरहेको छ ।

विभागले खोप उपलब्ध गराएसँगै प्रदेशले आफ्नो हिसाबले फरक–फरक समयमा खोप अभियान सञ्चालन गर्नेछन् । यो पटक सुँगुरलाई लाग्ने रोगविरुद्ध तीन लाख ७३ हजार, कुखुरामा लाग्ने रानीखेतविरुद्ध एक लाख ८० हजार, गाईभैँसीलाई लाग्ने भ्यागुते चरचरेविरुद्ध दुई लाख ५० हजार, भेडाबाख्रामा लाग्ने रोग नियन्त्रणका लागि पीपीआर ४१ लाख ७० हजार खोप जिल्लामा पठाइएको छ ।

यसैगरी कुकुरबाट लाग्ने रेबिजविरुद्ध दुई हजार पाँच सय र खुर फाटेका जनावरमा लाग्ने खोरेत रोगविरुद्ध २२ लाख ४० हजार भाइल खोप देशभर पठाइएको छ । यसबाहेक स्थानीय तहले आफ्नो योजनाअनुसार नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । कृषकको गोठदेखि उपभोक्ताको ओठसम्म पुग्ने पशुपन्छीजन्य उत्पादनलाई स्वस्थ, सुलभ र हितकर बनाउन खोप कार्यक्रमले मुख्य भूमिका खेल्ने पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकाल बताउनुहुन्छ ।

विभिन्न प्रकारका सङ्क्रामक रोगका कारण हरेक वर्ष किसानले अर्बाैंको क्षति बेहोर्न थालेसँगै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा पशुलाई नियमित खोप कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । पशुलाई पुरानो गोठबाट नयाँ गोठमा सार्दा वा पशुपन्छी आयात–निर्यात गर्दा पशुसँगै सङ्क्रामक रोग भित्रिनसक्ने जोखिम उच्च हुन्छ । पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले यस्तो जोखिम हुने भएकाले नियमित रूपमा पशुलाई खोप लगाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पशुको नियमित किनबेच भइरहने र राजमार्गका छेउछाउका पशुपन्छी आवागमन हुने गाउँबस्तीमा खोप अभियान सञ्चालन गर्नु अनिवार्यजस्तै हुन्छ ।” जोखिम क्षेत्र पहिचान गरेर कम्तीमा तीन वर्षमा एक पटक अनिवार्य रूपमा पशुपन्छीलाई सङ्क्रामक रोगविरुद्धको खोप लगाउने गरेको उहाँले भन्नुभयो । “एक पटक पनि खोप नलगाएको पशुमा सङ्क्रमण भए मर्ने सम्भावना ८५ प्रतिशत हुन्छ”, सापकोटाले थप्नुभयो ।

उहाँका अनुसार एक भाइल खोप लगाएका पशुको बाँच्ने सम्भावना उल्टो ८५ प्रतिशत हुने भएकाले यसले विशेष गरी ग्रामीण इलाकाका मध्यम र न्यून आयस्तर भएका किसानलाई ठूलो राहत मिल्छ । बाहिरबाट नयाँ पशु नआउने ठाउँमा एक पटक लगाएपछि तीन वर्षपछि मात्रै बुस्टर मात्रा खोप लगाए हुने भए पनि राजमार्ग छेउछाउ र पशुहरूको आवागमन धेरै हुने ठाउँमा निरन्तर खोप लगाउनुपर्ने पशु विज्ञहरूको भनाइ छ ।

खोप अभियान पशु सेवा विभागले मात्रै नभएर तीनवटै तहको समन्वयमा सफल हुने ढकालले भन्नुभयो । “हामीले खोप उत्पादन र वितरणमा भूमिका खेल्नेछौँ”, उहाँले भन्नुभयो । अपर्याप्त जाँच चौकी र क्वारेन्टाइनले गर्दा पनि अन्धाधुन्ध पशुपन्छीको आवागमन बढ्दो छ । त्यसैले प्रदेश सरकारले बजेट व्यवस्थापन, भेटेरिनरी अस्पताल तथा स्थानीय तहसँग समन्वय गरेर किसानको गोठगोठमा पुगेर खोप लगाउने काम भएको छ ।

विगतका वर्षहरूमा पशुमा सङ्क्रमणको कारणले कृषकले ठूलो आर्थिक क्षति बेहोरेसँगै सो क्षति कम गर्न एकै पटक देशव्यापी रूपमा अभियान सञ्चालन गरेको सङ्क्रामक रोग नियन्त्रण अभियान कार्यक्रमका प्रमुख डा. पूजा शर्माले जानकारी दिनुभयो ।

 

यो समाचार गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑