• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

इञ्जिनियरको संख्या कम, कारबाही गर्न कानुन छैन : सडक विभाग

खप्तड मालिका न्युज February 15, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, फागुन ३ गते –  केही दिन अघि संखुवासभाको अरुण नदीको पुलमा भार क्षमता भन्दा बढी तार्ने प्रयास गर्दा पुल भाँचियो । यस्तै भोजपुर, उदयपुर, कास्की लगायतका राजमार्गमा पनि यस अघि पुल भाँचिएको थियो । यही माघ दोस्रो साता कास्कीको गगनगौँडामा गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेको पक्की पुल सञ्चालनमा नआउँदै लच्कियो । टेको झिक्नेक्रममा पुल लच्किएको थियो । तर, दुई सय टन भार क्षमता रहेको पुल सञ्चालनमा नआउँदै बिग्रेपछि गुणस्तरका विषयमा पनि प्रश्न उठेको छ । सेती नदीमाथि बनिरहेको पुल करिब सात करोड रुपियाँको लागतमा बनेको थियो ।
गत असारमा उदयपुरको चौदण्डीमा बनिरहेको पुल खोलाले बगाएको थियो । स्थानीय सिवाइ र बेलही गाउँ जोड्न बनाइएको उक्त पुल ११ वर्षअघि निर्माण सुरु भएको थियो । गत वैशाखमा गुल्मीको मुसिकोट गाउँपालिका– ३ र ७ जोड्न बढीघाटखोलामा बनिरहेको पुल पनि काम पूरा नहुँदै भत्किएको थियो । गत वैशाखमै चितवनको भरतपुर र देवघाट जोड्न बनिरहेको पक्की पुल पनि एक महिनाको अन्तरालमा दुई पटक भाँचियो । घटनामा एक जना कामदारको ज्यान गयो भने आठ जना घाइते भएका थिए । यी उदाहरण मात्रै हुन् ।
पुलहरु चालु अवस्थामा नआउदै र चालु रहेका पुलहरु भत्किने र भाँचिने गरेको घटनाहरु बृद्धि गएको छ । सडक विभाग अन्तर्गत निर्माण हुने पुलहरु मापदण्ड अनुसार निर्माण हुन नसक्दा र पुलको अनुगमन पक्ष फितलो हुँदा दुर्घटनाको दर बड्दै गएको पाइन्छ ।
निर्माण सम्पन्न नहुँदै भत्किने भाँचिने र निर्माणसम्पन्न भएका पुलमा भार क्षमता भन्दा बढी लोड तार्दा पुलहरु क्षति पुग्ने गरेको छ । भारवन क्षमता भन्दा बढी भार पुलबाट तार्नेलाई कारवाही गर्ने कुनै पनि कानुन नभएको र निर्माण सम्पन्न पुल सडक विभागले थप सुरक्षाका लागि हेरचाहा गर्ने व्यवस्था नहुदाँ पुल चाँडै जीर्ण बन्ने गरेको सेवाग्राहीको गुनासो छ ।
निर्माणाधीन र निर्माण सम्पन्न पुल परीक्षणकालमै पटक–पटक भाँचिदा पनि सडक विभागले घटनाको चासो समेत देखाएको पाइँदैन । यता सडक विभागलेने निर्माण गरेको चितवनमा त्रिशूली नदीमा निर्माणधीन पुल ७५ प्रतिशत काम पूरा भइसकेपछि भाँचिएको थियो ।
प्राविधिक जनशक्ति अभाव
डिजाइन पक्ष कम्जोर, निर्माणको अवस्थामा अनुगमन निरीक्षण नहुनु, सचेतता अपनाउने नसक्नुले पुल भत्किने र भाँचिने गरेको सडक विभागका प्रवक्ता इन्जिनियर शिवप्रसाद नेपालले बताउनुभयो । विभाग अन्र्तगत इन्जिनियरहरु पर्याप्त नभएकाले सबै पुलको अनुगमन हुन नसक्दा यो कम्जोरी भएको उहाँले बताउनुभयो । एक जना इन्जिनियरले पाँच वटा भन्दा बढी पुलको जिम्मेवारी लिनुपर्ने भएकाले सरकारसँग जनशक्ति थप गर्न पटक पटक आग्रह गरेपनि थप हुन नसक्दा दुर्घटनाको संख्या बड्दै गएको उहाँले स्वीकार गर्नुभयो ।
पुलको दुर्घटना कम गर्न विभागले ३० मिटरसम्मको पुलको डिजाइन स्वीकृति सहसचिव दरबन्दी भएको कार्यालयबाटै गराउने गरी कार्यविभाजन गर्ने तयारी गरेको छ । कार्यविधि नै बनाएर ठेकेदारसँग लागु गर्ने तयारी समेत विभागले गरेकाले दुर्घटना कम हुने विश्वास राखेको उहाँले बताउनुभयो ।
हाल विभाग अन्तर्गत ११ सय पुल निर्माणधीन रहेका छन् । इन्जिनियरलाई कामको भार कम गर्न सरकारले तीन सय इन्जिनियर भर्ना गर्ने गरी प्रक्रिया अघि बडाएको विभागले जनाएको छ । हाल विभागमा चार सय इन्जिनियर कार्यरत रहे पनि अन्य कार्यालयमा काजमा भएकाले दुई सयले मात्र सडक विभागमै काम गर्ने गरेका छन् ।

यो समाचार गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑