• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

इञ्जिनियरको संख्या कम, कारबाही गर्न कानुन छैन : सडक विभाग

खप्तड मालिका न्युज February 15, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, फागुन ३ गते –  केही दिन अघि संखुवासभाको अरुण नदीको पुलमा भार क्षमता भन्दा बढी तार्ने प्रयास गर्दा पुल भाँचियो । यस्तै भोजपुर, उदयपुर, कास्की लगायतका राजमार्गमा पनि यस अघि पुल भाँचिएको थियो । यही माघ दोस्रो साता कास्कीको गगनगौँडामा गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेको पक्की पुल सञ्चालनमा नआउँदै लच्कियो । टेको झिक्नेक्रममा पुल लच्किएको थियो । तर, दुई सय टन भार क्षमता रहेको पुल सञ्चालनमा नआउँदै बिग्रेपछि गुणस्तरका विषयमा पनि प्रश्न उठेको छ । सेती नदीमाथि बनिरहेको पुल करिब सात करोड रुपियाँको लागतमा बनेको थियो ।
गत असारमा उदयपुरको चौदण्डीमा बनिरहेको पुल खोलाले बगाएको थियो । स्थानीय सिवाइ र बेलही गाउँ जोड्न बनाइएको उक्त पुल ११ वर्षअघि निर्माण सुरु भएको थियो । गत वैशाखमा गुल्मीको मुसिकोट गाउँपालिका– ३ र ७ जोड्न बढीघाटखोलामा बनिरहेको पुल पनि काम पूरा नहुँदै भत्किएको थियो । गत वैशाखमै चितवनको भरतपुर र देवघाट जोड्न बनिरहेको पक्की पुल पनि एक महिनाको अन्तरालमा दुई पटक भाँचियो । घटनामा एक जना कामदारको ज्यान गयो भने आठ जना घाइते भएका थिए । यी उदाहरण मात्रै हुन् ।
पुलहरु चालु अवस्थामा नआउदै र चालु रहेका पुलहरु भत्किने र भाँचिने गरेको घटनाहरु बृद्धि गएको छ । सडक विभाग अन्तर्गत निर्माण हुने पुलहरु मापदण्ड अनुसार निर्माण हुन नसक्दा र पुलको अनुगमन पक्ष फितलो हुँदा दुर्घटनाको दर बड्दै गएको पाइन्छ ।
निर्माण सम्पन्न नहुँदै भत्किने भाँचिने र निर्माणसम्पन्न भएका पुलमा भार क्षमता भन्दा बढी लोड तार्दा पुलहरु क्षति पुग्ने गरेको छ । भारवन क्षमता भन्दा बढी भार पुलबाट तार्नेलाई कारवाही गर्ने कुनै पनि कानुन नभएको र निर्माण सम्पन्न पुल सडक विभागले थप सुरक्षाका लागि हेरचाहा गर्ने व्यवस्था नहुदाँ पुल चाँडै जीर्ण बन्ने गरेको सेवाग्राहीको गुनासो छ ।
निर्माणाधीन र निर्माण सम्पन्न पुल परीक्षणकालमै पटक–पटक भाँचिदा पनि सडक विभागले घटनाको चासो समेत देखाएको पाइँदैन । यता सडक विभागलेने निर्माण गरेको चितवनमा त्रिशूली नदीमा निर्माणधीन पुल ७५ प्रतिशत काम पूरा भइसकेपछि भाँचिएको थियो ।
प्राविधिक जनशक्ति अभाव
डिजाइन पक्ष कम्जोर, निर्माणको अवस्थामा अनुगमन निरीक्षण नहुनु, सचेतता अपनाउने नसक्नुले पुल भत्किने र भाँचिने गरेको सडक विभागका प्रवक्ता इन्जिनियर शिवप्रसाद नेपालले बताउनुभयो । विभाग अन्र्तगत इन्जिनियरहरु पर्याप्त नभएकाले सबै पुलको अनुगमन हुन नसक्दा यो कम्जोरी भएको उहाँले बताउनुभयो । एक जना इन्जिनियरले पाँच वटा भन्दा बढी पुलको जिम्मेवारी लिनुपर्ने भएकाले सरकारसँग जनशक्ति थप गर्न पटक पटक आग्रह गरेपनि थप हुन नसक्दा दुर्घटनाको संख्या बड्दै गएको उहाँले स्वीकार गर्नुभयो ।
पुलको दुर्घटना कम गर्न विभागले ३० मिटरसम्मको पुलको डिजाइन स्वीकृति सहसचिव दरबन्दी भएको कार्यालयबाटै गराउने गरी कार्यविभाजन गर्ने तयारी गरेको छ । कार्यविधि नै बनाएर ठेकेदारसँग लागु गर्ने तयारी समेत विभागले गरेकाले दुर्घटना कम हुने विश्वास राखेको उहाँले बताउनुभयो ।
हाल विभाग अन्तर्गत ११ सय पुल निर्माणधीन रहेका छन् । इन्जिनियरलाई कामको भार कम गर्न सरकारले तीन सय इन्जिनियर भर्ना गर्ने गरी प्रक्रिया अघि बडाएको विभागले जनाएको छ । हाल विभागमा चार सय इन्जिनियर कार्यरत रहे पनि अन्य कार्यालयमा काजमा भएकाले दुई सयले मात्र सडक विभागमै काम गर्ने गरेका छन् ।

यो समाचार गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑