• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 25, Jan, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिममा लोकसेवा खोल्ने तयारी, स्थानीय तहले अझै बुझाएनन् दरबन्दी विवरण

खप्तड मालिका न्युज February 15, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी: लोकसेवा अयोगले विज्ञापन खोल्ने तयारी गर्दा समेत सुदूरपश्चिमका स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाउन अटेरी गरेका छन्। कानूनअनुसार निजामती सेवाको कुनै पद रिक्त भए दुई महिनाभित्र सोको विवरण लोकसेवा आयोगलाई पठाउनुपर्ने व्यवस्था छ। तर सुदूरपश्चिमका स्थानीय तहले करारमा निकटका व्यक्ति भर्ना गरेकाले लोकसेवा आयोगलाई रिक्त दरबन्दीको विवरण दिन अटेरी गरेको आरोप लागेको छ। स्थानीय तहको गठनपछि केन्द्रीय लोकसेवा आयोगले २०७६ मा देशभरका स्थानीय तहमा रिक्त रहेका प्रशासनिक र प्राविधिक पदहरूमा विज्ञापन गरेको थियो। सुदूरपश्चिमका स्थानीय तहहरूमा भने स्थानीय तहको निर्वाचन भए लगत्तै पहुँचका आधारमा धमाधम करारमा कर्मचारी भर्ना गरेकोले केही स्थानीय तहले मात्रै रिक्त दरबन्दीको विवरण पठाएका थिए प्रदेश लोकसेवा आयोग गठन भएपछि हरेक स्थानीय तहले रिक्त दरबन्दीको विवरण नियमित रुपमा आयोगलाई पठाउनुपर्ने भए पनि निकटका व्यक्तिको जागीर खोसिने डरले माग आकृति फारम भरेर नपठाएको आरोप लोकसेवाको तयारी गरिरहेका युवा लिलाधर भट्टको छ। ‘स्थानीय तहका जनप्रतिनिधिले आफ्ना मान्छेलाई करारमा जागिर खुवाएकाले रिक्त दरबन्दीको विवरण लोक सेवालाई पठाएका छैनन्’ उनले भने, ‘आफ्ना मान्छेका लागि राम्रा मान्छे आउने बाटो बन्द गर्ने काम जनप्रतिनिधिले गरेका छन्।’ प्रदेश लोकसेवा आयोगले प्रदेशका ८८ वटै स्थानीय तहलाई रिक्त दरबन्दीको विवरण पठाउन निरन्तर पत्राचार गरिरहेको जनाएको छ। गत माघ १८ गते माग आकृति फारम पठाउन पत्राचार गरेकोमा सबै स्थानीय तहबाट विवरण नआएपछि माघ २८ गते लोक सेवा आयोगले फेरि ताकेता गरेको लोकसेवा आयोगका सूचना अधिकारी मायादेवी जोशीले दिनेशखबरलाई बताए। ‘प्रदेश लोकसेवा आयोगले स्थानीय तहहरूलाई रिक्त दरबन्दीको विवरण माग गर्न पत्राचार गरेको छ। पहिलो पत्र माघ १८ गते पठाएका थियौँ। विवरण नआएको पछि फेरि माघ २८ गते स्थानीय तहलाई पत्राचार गरेका छौँ’ उनले भने। निजामती सेवा नियमावली २०५० को नियम १३ अनुसार कुनै पद रिक्त भएमा दुई महिनाभित्र कार्यालय प्रमुखले त्यस्तो पदसँग सम्बन्धित विवरणसहित लोकसेवा आयोगमा स्थायी निजामती कर्मचारी माग गरी पठाउनुपर्ने व्यवस्था छ। तर ८८ स्थानीय तहमध्ये दुई दर्जनभन्दा कमले मात्रै रिक्त दरबन्दीको विवरण लोकसेवा आयोगलाई पठाएको लोकसेवा आयोगले जनाएको छ।स्थानीय तहमा निकै ठूलो संख्यामा प्राविधिक र प्रशासनिक पद खाली रहेको तर जनप्रतिनिधिले निकटका व्यक्तिलाई करारमा निरन्तरता दिने दाउमा देखिएका छन्।

यो समाचार आजको दिनेश खबरमा छ ।

सम्बन्धित पोस्ट
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • ११ माघ, २०८२ – आइतवार – आजको राशिफल
  • उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का
  • बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    ११ माघ, २०८२ – आइतवार – आजको राशिफल

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    समाचार

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित

    बाजुराकी पुष्पा शाही: गम्भीर शारीरिक समस्याबाट ६ बर्षदेखि थलामा

    आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑