• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्थानीय द्धारा बुढिगंगा नगरपालिकाको कार्यालयमा ताला बन्दी

खप्तड मालिका न्युज February 14, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । आईतबार स्थानीयले कार्यालयबाट प्रदान गरिने सेवा सुविधा पालिकाले करिब पाँच महिनासम्म अवरोध गरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

कार्तिक महिनादेखि हालसम्म कार्यायबाट नागरिकलाई दिइने सेवा प्रदान नगरेको र जसका कारण नागरिकलाई पर्न गएको समस्यालाई करिब ४÷५ महिनासम्म पनि कुनै वास्ता नभएपछि स्थानीयले बाध्य भएर तालाबन्दी गर्नु परेको टिका थापाले बताएका छन् ।
बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृत विहीन पालिका बनेको करिब तीन महिना पुगेको छ, आर्थिक कारोबार ठप्प छ, जसले गर्दा नागरिकलाई खेप्नु परेको समस्याको कुनै पनि वास्ता नगरेपछि सबै स्थानीय मिलेर कार्यालयमा ताला लगाएको स्थानीय शुसिला मिजारले बताएकी छन् ।

कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत यथासिग्र व्यवस्थापन गरी आर्थिक कारोबार तुरुन्त सुचारु गर्नु पर्ने मागसहित कार्यालयमा ताला लगाएको उनले बताइन् । प्रशासकीय अधिकृत नहुँदा समाजिक सुरक्षा भत्ता समेत नगरिकले पाएका छैनन्, शिक्षकले ४ महिनासम्म तलब खान पाएका छैन्, कर्मचारीले पनि तलब खान पाएका छैनन् यस्तो समस्या हुँदा हुदै पनि हालसम्म कार्यकारी ल्याउने सुरशार नभएको भन्दै ल्याउन मागसहित तालाबन्दी गरेको उनको भनाई छ ।

नगरपालिका भित्र विभिन्न ठाउँमा भएका योजनाको काम नागरिकले सम्मपन्न गरेर कार्यपालिकामा कागजात बुझाएको दुई महिना हुँदासम्म पनि काम गरेको ज्वाला नपाउँदा स्थानीय मारमा परेका छन् । पुस महिनामै काम सकेर नगरपालिकामा कागजात बुझाएका थियौं तर काम सम्पन्न गरेको लामो समयसम्म पनि योजनाको भुक्तानी नहुँदा मजदुर समस्या परेको स्थानीय टिका थापाले बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता समयमा वितरण गर्नु पर्ने, शिक्षक कर्मचारीको तलब समयमा उपलब्ध गरिनु पर्ने र निमार्ण कार्य सम्पन्न गरिएका योजनाको रकम नियमानुसार भुक्तानी गर्नु पर्ने माग स्थानीयको छ ।

त्यस्तै निर्वाचनको कार्यालय स्थापनाका लागि सर्वदलीय सर्वपक्षीय र कार्यपालिकाको बैठकबाट कार्यालय स्थापनाको निर्णय गर्नु पर्ने, प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा यथासिग्र व्यवस्था गरीसक्नु पर्ने, नगर प्रमुख र उपप्रमुखले जनताको भावना अनुरुप कार्य गर्नु पर्ने र समयमा कर्मचारीहरु कार्यालयमा उपस्थित भई जनताका सेवामा खटिनु पर्ने लगायतका माग उनीहरुको रहेका छन् । भने बमोजिमका माग पूरा नभए पालिकाका सबै वडाहरुमा ताला लगाउने र आन्दोलन गर्ने समेत चेतावती दिएका छन् ।

बुढीगंगा नगरपालिका उपप्रमुख तारा खातीले कार्यकारीका लागि धेरै पटक मन्त्रालयमा पहँल गर्दा पनि अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताइन् । लामो समयसम्म जनतालाई दिने सेवामा अवरोध भएको बताउँदै स्थानीयले ताला लगाउँनु स्वाभाविक भएको खातीले स्वीकार गरिन् ।

स्थानीयले ताला लगाएको भन्ने भनेर भर्खर सूचना प्राप्त गरिकी छु, आफू कामका शिलसीलामा कार्यपालिकाको कार्यालय बाहिर रहेकाले भोली स्थानीयका मागका विषयमा छलफल गर्ने बताएकी छन् ।

कार्यकारीका ल्याउने भनेर मेयर दिपक विक्रम शाह गएका हुन् तर कार्यकारी नल्याएरै आफू यूरोप घुम्न गएका खातीले बताइन् । जनताको समस्याको मध्येनजर नगरी शाह भने यूरोप गएका छन् ।

 

सम्बन्धित पोस्ट
  • बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    समाचार

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑