• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

यौन खेलौना : सभासददेखि कलाकारसम्म नियमित ग्राहक

खप्तड मालिका न्युज February 14, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कृत्रिम ढंगबाट यौन आनन्द लिन सकिने थरीथरीका यौनाङ्गको बजार भित्र–भित्रै मौलाइरहेको छ । यसले एकातिर यौनमा नयाँ–नयाँ प्रयोग बढ्दै गएको देखाउँछ भने अर्कोतिर नेपाली समाज यौनमा उदार हुँदै गएको संकेत दिन्छ ।१५ माघ, काठमाडौं । समीर बोहोराले काठमाडौं पुरानो बसपार्कमा ११ वर्षअघि कान्तिपुर कण्डम हाउसको स्थापना गर्ने बेलामा बजारमा खुलेर कण्डम बेच्नै कठिन थियो । कण्डम बेच्न समस्या त होइन, तर खरिद गर्न आउनेहरु निकै संकोच मान्थे ।

त्यस्तो अवस्थामा सहजै व्यापार हुन कठिन थियो । अहिलेको खुला सोच विकास भइसकेको समाजमा त मान्छेले खुलमखुल्ला कण्डम किन्न लजाउने अवस्था छ भने ११ वर्षअघिको समय कस्तो थियो होला ? त्यतिबेलाको चुनौतीपूर्ण बजारमा जोखिम मोलेर कण्डम हाउस खोलेको सञ्चालक बोहोरा बताउँछन् ।

समाज बिस्तारै खुल्दै थियो । मान्छेले कृत्रिम यौन सम्पर्कका साधनहरुको खोजी गर्न थाले । उपभोक्ताको चाहना र आकर्षण बुझेपछि धेरै वर्ष कण्डम मात्रै बेचेकाहरुले पनि यौन खेलौना थप्न थाले । बोहोरा पनि बजार बिस्तारको लागि नभई ग्राहकहरुको आग्रहमा यौन खेलौना बिक्री गर्न थालेको बताउँछन् ।

यौन खेलौनाको बजार अहिले बिस्तारै बढिरहेको छ । यसको पछि चारवटा कारण रहेको बोहोराको बुझाइ छ ।पहिलो, पछिल्लो समय यौनको बारेमा बजार खुल्दै गयो । यो कुनै आडम्बर र अपराध नभएर प्राकृतिक कुरा हो भन्नेमा सहमत हुनेहरु बढ्दै गए ।

दोस्रो, यस्तो सामग्रीले मान्छेको यौन कुण्ठा मेटाउँछ भने जो पायो ऊसँग सम्पर्क गर्दा अनेक रोगहरु निम्तिने जोखिम पनि कम गर्छ ।

तेस्रो, वैदेशिक रोजगारीमा गएकाहरुले श्रीमान/श्रीमतीलाई होस् या आफैंलाई पनि यौन कुण्ठाका कारण दुर्घटना नहोस् भनेर यस्ता खेलौनाहरु किन्न थाले ।

चौथो, महिला तथा पुरुष साथी राखेर आफैँलाई अर्काेसँग समर्पित गर्नेभन्दा खुल्ला तरिकाले बाँच्न चाहने महिला तथा पुरुषले पनि अपनाउन थाले ।

****

न्यूरोडको भूगोल पार्कबाट पूर्वतर्फको गल्लीमा प्रवेश गर्दा दायाँतर्फ अवस्थित एक घरको दोस्रो तलामा छ, नाइस एण्ड नट्टी कण्डम हाउस । यो धेरै थरीको कण्डम एवं यौन खेलौना राख्ने पसलको रुपमा पनि चिनिन्छ । यसमा महिला र पुरुषको लागि थरीथरीका यौन खेलौनाहरु राखिएका छन् ।

त्यहाँका सञ्चालकका अनुसार पसलमा आएर यस्ता सामग्रीहरु कमैले खरिद गर्ने गर्छन् । बरु अनलाइनबाट यस्ता सामग्री खरिद गर्नेहरु बढी हुन्छन् । यस्तो गर्दा मान्छेले आफ्नो परिचय लुकाउन चाहन्छन् ।

सांसददेखि कलाकारसम्म नियमित ग्राहक

बबरमहलमा एउटा कार्यालय लिएर अनलाइन यौन खेलौना बिक्री गर्दै आएका सुदूरपश्चिम प्रदेशका सन्दिप चौधरी दोस्रो संविधानसभाकी एक सभासद नियमित यौन खेलौना लिन आउने गरेको सुनाउँछन् ।

उनले आफ्नो पहिचान पनि बताउँछिन् तर यसलाई बाहिर जानकारी नदिन आग्रह गर्ने गरेकी छन् । उनी सो पसलकी नियमित ग्राहक हुन् । उनी ३/४ महिनामा आउने र फरक–फरक यौन खेलौना लिएर फर्किने गर्छिन् वा अनलाइनबाटै मगाउने गर्छिन् ।

त्यस्तै, अर्की एक लोक दोहोरी गायिकाले पनि सोही पसलमा नियमित अनलाइनबाट यौन खेलौना मगाउने गरेको उनी सुनाउँछन् । तर उनले पनि आफूले लगेको सामग्रीबारे कसैलाई पनि जानकारी नदिन आग्रह गर्छिन् ।

यी सांसद र कलाकार जस्तै अरु धेरै नियमित ग्राहकहरु छन् । उनीहरु हरेकपटक फरक–फरक यौन खेलौना किन्छन् तर आफ्नो पहिचान बताउन चाहँदैनन् ।

चौधरी कतार एयरलाइन्सको केन्द्रीय कार्यालयमा कार्यरत थिए । उनले खाडीमा श्रीमान् हुने महिलाहरुका चाहना पूरा गर्न यौन खेलौना प्रभावकारी हुने निष्कर्ष निकाल्दै केही वर्षअघि नेपाल फर्किएर व्यवसाय सुरु गरेका हुन् । अहिले यस्ता खेलौनाको व्यवसाय अनलाइनमार्फत् फस्टाइरहेको उनी बताउँछन् । आफ्नो पहिलो ग्राहक महिला प्रहरी भएको बताउँदै उनी भन्छन्, ‘उहाँले जुन प्रडक्ट डिमान्ड गर्नु भएको थियो, त्यो हामीसँग थिएन, इम्पोर्ट गरेर ल्याऔं ।’

यौन चाहनाले कुनै पद र प्रतिष्ठा भन्दैन । संविधानसभा सदस्य हुन् वाकलाकार, उनीहरुको लागि कोही केटा साथी बनाउनुभन्दा यस्ता खेलौना सुरक्षित बन्ने गरेको छ । यसबाट यौन सन्तुष्टि मात्र होइन, धेरै प्रकारको सुरक्षा एकसाथ जोडिएर आउने उनीहरुको बुझाइ छ । नयाँ केटा साथी बनाउनुुभन्दा आफैँ यौन चाहना पूरा गर्नको लागि यस्तो सामग्री प्रयोग गर्ने गरेको उनीहरुको बुझाइ छ ।

यौन खेलौना उपहार

यौन खेलौना बढीजस्तो वैदेशिक रोजगारीमा जानेहरुले आफ्नो पार्टनरलाई उपहार स्वरुप दिने गर्छन् । चौधरीका अनुसार अनलाइनबाट हुने कारोबारमा धेरैले विदेशबाटै आफ्नी श्रीमतीलाई उपहार स्वरुप यस्तो खेलौना दिने गरेको बताउँछन् । यस्तो अनुभव चौधरीको अनलाइन मार्केटिङमा मात्रै सीमित छैन । न्युरोडको नाइस एण्ड नट्टी र पुरानो बसपार्कको कान्तिपुर कण्डम हाउसमा पनि यस्ता ग्राहकहरु धेरै छन् ।

पछिल्लो समय आफ्ना यौनसाथी साथमा नभएकाहरूका लागि फलदायी हुने भएकाले पनि सेक्स टोयज (यौन खेलौना) का प्रयोगकर्ता बढ्दै गएको बिक्रेताहरु बताउँछन् ।

विशेषगरी श्रीमान् श्रीमतीमध्ये एकजना लामो समयसम्म घरबाहिर रहेकाहरूले यस्ता साधनको प्रयोग गर्दै आएका छन् । सम्भोगका कृत्रिम साधनहरु विभिन्न प्रकारका हुन्छन् । बजारमा पुरुषका लागि भेजिना, फुलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका आफंै भित्र–बाहिर गर्ने लिंग र भाइब्रेटर लिंगहरु पाइन्छन् ।

कतिपय त कण्डम हाउसमा श्रीमान्–श्रीमती नै सेक्स टोय किन्न सँगसँगै आउने गरेको सञ्चालकहरु बताउँछन् ।

त्यसो त, खुल्ला समाजको विकाससँगै यस्तो सामग्रीको प्रयोग गर्नेमा विवाहितहरु सँगै अविवाहितहरु पनि प्रशस्तै रहने गरेका छन् । अविवाहित युवा युवतीहरूको पनि बजारमा प्रवेश गर्ने क्रम तीव्र भइरहेको कण्डम हाउसका सञ्चालक बोहोरा बताउँछन् ।

कति पर्छ मूल्य ?

बजारमा अनेक आकार र मूल्यका यौन खेलौनाहरु पाइन्छ । सामान्य खेलौना ७/८ सय रुपैयाँदेखि ७०–८० हजार रुपैयाँसम्म पर्ने गर्छ । यसमा महिला वा पुरुष अंग रहने गरेका छन् । ३५ देखि ४० प्रकारका विभिन्न साइज र प्रकृतिका कण्डम बजारमा पाइन्छन् । १० रुपैयाँदेखि तीन हजारसम्म एउटै कण्डमको मूल्य पर्छ ।

शीघ्र स्खलन रोक्ने, स्किनलेस विशेषता भएका विभिन्न साइजका कण्डमदेखि पुनः प्रयोग गर्न सकिने खालका कण्डमसम्म बजारमा पाउने गरिन्छ । त्यस्तो त, एउटा फुल बडीलाई ७० देखि ८० हजार रुपैयाँसम्म पर्ने गरेको सञ्चालकहरु बताउँछन् ।

मनोवैज्ञानिकको मत

यौनको प्रत्यक्ष सम्बन्ध मनोविज्ञानसँग समेत हुन्छ । त्यसैले मनोवैज्ञानिक समस्या समाधानको लागि समेत यौन खेलौनाहरु प्रभावकारी हुने मनोविद्हरुको भनाइ छ । हामीले २ जना मनोविद्सँग मानसिक समस्या समाधानको लागि यौन खेलौनाले कस्तो भूमिका खेल्छ ? भन्ने विषयमा प्रश्न गरेका थियौं । उनीहरुको जवाफ यस्तो छ ।

बलात्कार जस्ता सामाजिक समस्या घटाउन सक्छ : वासु आचार्य

अहिले बजारमा यौन खेलौनाको माग बढ्दो छ । हरेक कुराको सकारात्मक र नकरात्मक पक्ष हुन्छन् । तर यसका सकरात्मक पक्ष धेरै छन् । यौन चाहना भनेको सम्पूर्ण जीवहरुको आधारभूत कुरा हो । यौनबिना दुनियाँ चलाउन गाह्रो हुन्छ । हातले मात्रै सन्तुष्टि दिन नसक्ने अवस्थामा सेक्स पार्टनरविनै पनि म यौन खेलौनाको सहयोगमा मेरो यौन चाहना पूरा गर्छु भन्नेहरुको लागि यो अत्यन्त उपयोगी हुने गर्छ ।

श्रीमान् वा श्रीमती कमजोर छ भने एकअर्काको यौनचाहना पूरा नभइरहेको हुन सक्छ । यस्तो अवस्थामा पनि यो उपयोगी हुन सक्छ ।

तर यसका फाइदाहरुसँगै केही नोक्सानी पनि छ । यस्ता खेलौनाहरुको प्रयोग गर्न नजान्दा वा यसको धेरै प्रयोग गर्न खोज्दा पछि नर्मल सेक्समा मजा आउँदैन ।

पछिल्लो समय यौन कुण्ठा गुम्सिँदा धेरै बलात्कारका घटनाहरु आउने गरेका छन् । यस्ता यौन खेलौनाहरुको प्रयोगले बलात्कार जस्ता अपराध नियन्त्रणमा भूमिका निर्वाह गर्ने गर्छ । यस्ता खेलौनाहरुले मनो समस्याबाट रोक्न पनि भूमिका खेल्छ । यस्ता खेलौनाहरुले यौन आनन्दको लागि अनेक भेराइटीहरुको प्रयोग गर्न पनि सकिन्छ ।

यौन इच्छा सबैमा जागृत हुने गर्छ । यो महिला र पुरुष दुवैमा हुन्छ । यौन विश्वमा सर्वमान्य र सर्वव्यापी कुरा हो । अहिले त हरेक व्यक्तिको हातहातमा पोर्नको पहुँच छ । सेक्स पार्टनर साथमा नहुँदा यस्तो उत्तेजनाले अनेक दुर्घटना पनि देखाउन सक्छ । त्यसैले त्यस्तो बेलाका लागि यौन खेलौना उचित कुरा हो ।

बिहेअघि यस्ता सामग्री प्रयोग गर्नु नेपाली समाजमा गैरसांस्कृतिक मानिन्छ । तर यौन मान्छेको आधारभूत कुरा हो र नैसर्गिक अधिकार पनि हो । केही हदसम्म यसको प्रयोग गर्नु राम्रो हो । तर यसको प्रयोगको पनि विधि र प्रक्रिया हुनुपर्छ ।

पार्टनर साथमा नहुँदाको राम्रो विकल्प : रमा कार्की, पारिवारिक परामर्शदाता

परिवारमा सबैभन्दा बढी कलहको कारण के हो ?

पछिल्लो समय अनेक कारणले परिवारमा कलह निम्तिने गर्छ । यसमा कुनै न कुनै तरिकाले यौनको कारणले पनि यस्तो समस्या हुने गरेको भेटिन्छ । मकहाँ मनोपरामर्श तथा पारिवारिक परामर्शको लागि आउनेहरुले पनि यौनका कारण समेत पारिवारिक कलह सुरु भएको जनाउने गरेका छन् ।

हिजोआज मान्छेको सोचहरु फरक हुन थाल्यो । आफ्नो लागि धेरै सोच्न थालियो । अहिले परिवारको संरचना पनि परिवर्तन भएर एकल परिवारमा रमाउनेहरु बढ्दैछन् । त्यही कारण जन्मिएको मनोसामाजिक समस्याले समाजमा ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसको नियन्त्रणको लागि पनि यौन खेलौनाको माग बढ्दो छ ।

नेपालमा सांस्कृतिक हिसाबले पनि झण्डै आधाभन्दा धेरै मान्छेले यसलाई सहजै स्वीकारेको देखिन्छ । यद्यपि पुरानो सोचलाई पूरा भत्काउन नसक्दा नयाँ कुरालाई स्वीकार्न पनि कठिन हुने गरेको देखिन्छ ।

यौनजन्य कारणले परिवारमा कत्तिको कलह बढेको छ ?

यो धेरै छ । पहिले पहिले नैतिक मूल्यमा बस्नुपर्छ भन्ने थियो । तर अहिले मोरल भ्यालुभन्दा मान्छे बाहिर जान चाहन्छन् । पहिले पनि लुकेर हुन्थ्यो होला । तर अहिले खुलेर त्यसबारे बताउन थालेका छन् । अहिले त कतिपय साथीहरु सिन्दुरै लगाएर ब्याकअप पार्टनर राख्ने गरेको घटना देख्न सकिन्छ ।

वैदेशिक रोजगारी वा अन्य रोजगारीले गर्दा दम्पतीहरु एकअर्कासँग पूर्ण रुपले यौनमा रमाउन सकिरहेका छैनन् । त्यही कारणले यौन खेलौनाको बजार व्यापक हुँदै गएको हो ?

मसँग परामर्शको लागि आउनेहरुमध्ये कतिपयले दुई जना व्याकअप पार्टनर राखेर धेरै पैसा कमाउने गरेको सुनाउँछन् । यो उनीहरुको बाध्यता पनि होइन जस्तो लाग्छ । परिवार भनेको नैतिक मूल्यमै बस्नको लागि बनाइएको हो । तर यौन त आवश्यक हुन्छ नै । त्यसैले वैदेशिक रोजगारीमा जानेका श्रीमतीहरुलाई यौन खेलौना प्रयोग गर्न हामीले समेत सुझाव दिने गरेका छौं । तर धेरैले यसलाई आत्मसाथ गरेको पाइँदैन । यौनरोग नियन्त्रणमा पनि यसले भूमिका खेल्ने भएकाले यो सुरक्षित पनि छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑