काठमाडौँ — सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सोमबार दिउँसो २ बजेका लागि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।तर एमालेले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय बैठकमा नजाने भएको हो । ‘यस्तो अवस्थामा सर्वदलीय बैठकमा कसरी बस्न सकिन्छ र ? न्यायालयमाथि यति गम्भीर निर्णय गर्दा पनि प्रमुख प्रतिपक्षीसँग कुनै सल्लाह छैन । सभामुख ज्यूको त कुरै नगरौं । सरकारको यस्तको भूमिकाका कारण हामी सर्वदलीय बैठकमा बस्न सक्दैनौं,’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले इकान्तिपुरसँग भने ।सरकारले महाअभियोग ल्याएको कुरालाई उनले सरकारको एकलौटी निर्णय भन्दै त्यसबारे छलफल गर्न एमाले जान नसक्ने बताएका थिए । सोमबार नै एमाले संसदीय दलको बैठक बानेश्वरमा बस्दैछ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर