• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सागर र विवेकको नेपाली क्रिकेट टोलीमा डेब्यू

खप्तड मालिका न्युज February 11, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 (हाम्रो खेलकुद) – युवा स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादवले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत ओमानविरुद्ध नेपाली क्रिकेटका लागि डेब्यू गरेका छन् ।
खेलको लागि टस ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउन्डमा केहि समयमा हुँदै छ । टस अघि नेपालले विवेक यादव र सागरलाई डेब्यू दिएको हो । बायाँ हाते युवा स्पिनर सागर ढकालले घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । असोजमा सम्पन्न इपिएलमा कमजोर मानिएको चितवन टाइगर्सलाई च्याम्पियन बनाउन सागर ७ खेलमा १४ विकेटका साथ शीर्षस्थानमा रहँदै प्रतियोगिता उत्कृष्ट खेलाडी चुनिएका थिए । २०१८ सेप्टेम्बरमा यू–१९ एसिया कप तयारीको लागि भारतको लखनउमा चार देश सम्मिलित एक दिवसिय खेलमा अफगानिस्तानलाई २५ रनले हराउँदा सागरले १० ओभरमा ३ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिएका थिए ।मलेसियामा २०१९ मा जुलाई सम्पन्न एसिसी इस्टर्न रिजनमा नेपाललाई उपाधि जिताउन सागर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनले ४ खेलमा १५ विकेट लिएका थिए । फाइनलमा हङकङविरुद्ध ५ र समूह चरणमा चीनविरुद्ध ६ विकेट लिएका थिए । २०१९ को डिपिएलमा महेन्द्रनगर युनाइटेडलाई फाइनल सम्म पुर्याउन ६ खेलमा ११ विकेट लिएका थिए ।
युवा अलराउन्डर विवेक यादव आक्रामक ब्याटिङका लागि चिनिन्छन् । पछिल्लो एक वर्षयता विवेकले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । विवेक आक्रामक ब्याटिङसँगै पार्टटाइममा तीव्र गतिको बलिङ पनि गर्ने गर्दछन् ।
इपिएलमा पोखरा राइनोजलाई फाइनल सम्म पुर्याउन विवेकको योगदान महत्वपूर्ण थियो । चितवसँग विवेकले जिम्मेवारी इनिङ खेल्दै ४५ बलमा ३ चौका र ३ छक्का सहित ५३ रनको अविजित थिए । काठमाडौं सँगको निर्णायक खेलमा उनले तीन विकेट र ४१ रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।यू–१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशको कप्तानी गर्दै प्रदेश १ विरुद्ध विवेकले ७१ बलमा ४ चौका र ६ छक्कासहित ७० रनको इनिङ खेलेका थिए । बागमती प्रदेशविरुद्ध ७३ बलमा ६ चौका र ७ छक्कासहित ८६ रनको अविजित इनिङ खेलेका थिए । डिसेम्बरमा युएईमा भएको यू–१९ एसिया कपमा विवेकले श्रीलंकाविरुद्ध २९ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनको इनिङ खेलेका थिए । मधेश प्रदेशबाटनै लुम्बिनी प्रदेशविरुद्ध विवेकले १० औं नम्बरमा ब्याटिङ गर्दै २४ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा अविजित रहे ।
एक वर्षअघि विवेकले काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा दुई लगातार उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए । पहिलो खेलमा लुम्बिनीसँग आठौं नम्बरमा ब्याटिङ गर्दै ४९ बलमा ३ चौका र ३ छक्का सहित ५१ रन जोड्दै आउट भए। बागमतीविरुद्ध नवौं नम्बरमा ब्याटिङ गर्दै विवेकले ७४ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाएका थिए ।
आइसिसी टि२० विश्वकप ग्लोबल छनोट अघि तयारी स्वरुप हुन लागेको यस सिरिज दुवै टोलीको लागि महत्त्वपूर्ण छ । ओमान र नेपाल विश्वकप छनोटमा एकै समूहमा हुँदा यस नतिजाले मनोबलमा ठूलो प्रभाव पार्ने देखिन्छ । नेपालको कप्तान सन्दीप लामिछाने र ओमानको जिशान मकसुदले कप्तानी गर्ने छन् । युवा जोश र जागँरले भोरिएको नेपाल ओमानलाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ । ओमान घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै नेपालमाथि सहज जित हात पार्न खोज्नेछ ।सन्दीपले कप्तानीमा डेब्यू गर्दैछन् । सन्दीप नेपालका लागि कप्तानी गर्ने १० औं कप्तान हुन् । टि२० आईमा पारस खड्का, ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी बन्नेछन् । सन्दीप, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । जतिन्दर, मकसुद र बिलाल ओमानका प्रमुख हतियार हुन् ।
नेपालमा खेलको प्रदर्शन हिमायल टिभी, युटुबमा ओएसआर स्पोर्ट्स र दराज एप्सबाट हेर्न सकिने छ । आइसिसी लाइभ र फ्यान कोर्डबाट विदेशमा हेर्न सकिनेछ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर) , दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।
ओमानको टोली :
जिशान मकसुद (कप्तान), जतिन्दर सिंह, कश्याप प्रजापति, शोहिब खान, मोहम्मद नदिम, अयान खान, नेस्टर धम्बा, सन्दीप गौड, नसिम खुशी (विकेटकिपर), खवर अली, अमिर कलिम, फयाज बट, कलिमुल्लाह, विलाल खान र खुर्मान नवाज ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑