• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 10, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

खप्तड मालिका न्युज February 11, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।आइसिसी टि२० विश्वकप छनोट अघि तयारी स्वरुप खेल्न लागेको हुँदा नेपालले युवा खेलाडीलाई पहिलो प्राथमिकता राख्ने सम्भावना छ । सिरिजको हारले पनि त्यति धेरै असर गर्ने छैन । त्यसैले नेपालले लिनुपर्ने जोखिम यसै सिरिजमा लिनेछ । सिरिजबाट नेपालले आफ्नो उत्कृष्ट ११ छान्ने छ । त्यसैले सम्भावना देखाएका खेलाडीलाई बढी मौका दिनसक्छ । किनभने नेपालले विश्वकप छनोट अघि युवा खेलाडीलाई राम्रो अवसर दिन खोज्नेछ ।
नेपालले ओमानविरुद्ध ६ प्रमुख ब्याटर र चार बलर खेलाउने सम्भावना छ । एक अलराउन्डरको सम्भावना छ । टिम सन्तुलनको लागि ब्याटर, स्पिनर, तीव्र गति, आक्रामक फिनिसर सबैमा ध्यान दिनेछ । नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्ने निश्चित छ । यी दुवै खेलाडी उत्कृष्ट लयमा छन् ।
गत वैशाखमा भएको त्रिकोणात्मक टि२० आई सिरिजमा आसिफ र कुशलले डेब्यू सुरुवाती दुई खेलमा शतकीय साझेदारी गरेका थिए । सुरुवाती दुवै खेलमा शतकीय साझेदारी गर्ने आसिफ र कुशल पहिलो जोडी हुन् । गत असोजमा आइसिसी विश्वकप लिग–२ मा ओमानमा आसिफ र कुशलले उत्कृष्ट ब्याटिङ गरेका थिए । टि२० त्रिकोणात्मक सिरिजमा कुशलले ५ मध्य चार खेलमा अर्धशतक प्रहार गरेका थिए । डेब्यूको सुरुवाती तीन खेलमा लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल टि२० आई विश्वकै पहिलो खेलाडी हुन् ।
ओपनरमा आसिफ र कुशल पहिलो रोजाईमा खेल्नेछन् । उनीबाट नेपाल उत्कृष्ट सुरुवात र प्रदर्शन चाहन्छ । घरेलु क्रिकेटमा सानदार प्रदर्शनका साथ ओमान पुगेका दुवै ओपनर आत्मविश्वासी पनि देखिन्छन् । टोलीले आसिफलाई संयमित र कुशललाई आक्रामक सुरुवातको भूमिका दिने अनुमान गरिएको छ ।नेपालले तेस्रो खेलमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरीलाई खेलाउने सम्भावना छ । ज्ञानेन्द्र अनुभवी खेलाडी हुन् । सुरुवातमै विकेट गुमेको खण्डमा राम्रोसँग इनिङ सम्हाल्न सक्छन् । ओपनरले राम्रो सुरुवात गरेको खण्डमा तेस्रो नम्बरमा नेपालले आक्रामक ब्याटरलाई पठाउन सक्छ । सामान्य सुरुवातमा ज्ञानेन्द्र तेस्रो नम्बरमा खेल्नेछन् । ज्ञानेन्द्रको भूमिका मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई खुलेर विष्फोटक ब्याटिङ गर्ने वातावरण गराउनु हुनेछ । ज्ञानेन्द्र आफैंलाई पनि राम्रो प्रदर्शनको दबाब हुनेछ ।
युवा स्टार दीपेन्द्रले चौथो नम्बरमा ब्याटिङ गर्नेछन् । दीपेन्द्रको प्रदर्शनले मध्यक्रम निर्धारण गर्नेछ । नेपालले शरद भेषावकर र लोकेश बमलाई ब्याटरको रुपमा खेलाउनेछ । शरद अनुभवको आधारमा पर्नेछन् । टोलीमा युवा खेलाडीको बाहुल्यता छ । खराब प्रदर्शन गरेको खण्डमा सम्हाल्न अनुभवी खेलाडी चाहिँन्छ ।
शरद त्यसैले रोजाईमा पर्नेछन् । लोकेश विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । कसलाई अघि पछि पठाउने टोलीको परिस्थीतिमा भरपर्नेछ । विवेक यादव र लोकेश दुबै ब्याटरलाई डेब्यू दिने सम्भावना छ । यी दुई ब्याटरबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ । घरेलु क्रिकेटमा विष्फोटक ब्याटरको छवि बनाएका यी दुई ब्याटरको आगमनले विश्वकप सम्भावना बढेको छ । त्यसैलले नेपालले यी दुई ब्याटरलाई तीनै खेलमा मौका दिएर हेर्नसक्छ । यी दुबै ब्याटरको असली परिक्षा हुनेछ ।नेपालले तीव्र गतिको बलमा जितेन्द्र र अभिनाश बोहरालाई मैदान उतार्ने सम्भावना छ । जितेन्द्रले घरेलु क्रिकेटमा पावर प्लेमा नयाँ बलका साथ उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अभिनाश डेथ ओभर स्पेलिष्ट हुन् । आजको खेलमा प्रमुख तीव्र गतिका बलिङ अलराउन्डर करण केसीलाई विश्राम दिने सम्भावना छ ।
स्पिनरमा सन्दीप लामिछाने र सागर ढकालको सम्भावना छ । सागर पनि डेब्यूको पर्खाईमा हुनेछन् । बलिङ आक्रामक पछिल्लो समय केहि खस्केको छ । अल अमरेतमा स्पिनर सहयोगी हुँदा सागरको सम्भावना छ । सागर बायाँ हाते बलर हुँदा रणनीतिले पनि फरक पार्नेछ । सागरले पहिलो पटक खेल्न लागेको हुँदा ओमानका ब्याटरलाई कठिन पर्नसक्छ ।
विश्वकप छनोटका खेलमा भने शरद र ज्ञानेन्द्र मध्य एकलाई खेलाउने सम्भावना छ । त्यसैले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले मौका पाउनेछन् । यी दुबै खेलाडी टि२० विशेष खेलाडीको रुपमा भने चिनिदैनन् । तर अनुभवी खेलाडीको आवश्यकता एक खेल्नेछन् । पाँचौं बलरको रुपमा दीपेन्द्र र विवेकलाई प्रयोग गर्ने सम्भावना छ । टोलीको अवस्था हेरि यी दुई बलर राम्रो पार्टटाइमका विकल्प हुन् । दीपेन्द्र स्पिनमा राम्रो बलिङ गर्दछन् । विवेक तीव्र गतिका विकल्प हुन् ।छैटौं बलरको विकल्पमा शरद हुनसक्छन् । आजको खेलमा विशेष गरि पहिलो पटक टोलीमा परेका विवेक, लोकेश र सागरलाई नेपाल हेर्न चाहनेछ । उनीहरुले घरेलु क्रिकेटको प्रदर्शन र आत्माविश्वासलाई निरन्तरता दिनसक्छन् वा सक्दैनन् त्यो महत्वपूर्ण हुनेछ । यी तीनै खेलाडीबाट नेपालले ठूलो आशा गरेको छ । तीनै खेलाडीलाई ओमानविरुद्ध एकै साथ डेब्यू दिएर हेर्न सक्छ ।
नेपालको सम्भावित प्लेइङ–११:
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, लोकेश बम, विवेक यादव, जितेन्द्र मुखिया, अभिनाश बोहरा र सागर ढकाल ।
नेपालको पूर्ण टोली – सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी ।

सम्बन्धित पोस्ट
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना
  • जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न
  • अमेरिका र इरानबीच युद्धविरामको सहमति
  • आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    समाचार

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

    बाजुराकाे हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑