
बाजुरा,२७ माघ : संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)र फाया नेपालद्धारा बडिमालिका नगरपालिकाको बडीमालिका नगर स्तरिय युवा संजालद्धारा संचालित बडीमालिका युवा सुचना केन्द्रलाई समाग्री सहयोग गरिएको छ । युएनएफपीए र फाया नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सामाग्री सहयोग गरिएको युएनएफपीए र फाया नेपालले जनाएको छ ।
विगत देखी युवा लक्षित तथा महिलाहरुको क्षेत्रमा विभिन्न काम गर्दै आईरहेको युएनएफपीए र फाया नेपालले बडिमालिका नगर स्तरिय युवा संजाल द्धारा संचालनमा आएको युवा सुचना केन्द्रलाई करिब एक लाख बराबरको सामग्री सहयोग गरेको बडिमालिका युवा संजालका अध्यक्ष प्रशान्तराज जोशीले बताए । उनका अनुसार बडिमालिका युवा सुचना केन्द्रलाई २० थान कुर्सी , १० थान स्टुल , १० मिटर कार्पेट , ३ थान टेबल , ¥याक १ थान र कुसन २० थान लगाएत जम्मा एक लाख बराबरको सहयोग गरेको हो । सो सामाग्री बुधबार एक कार्यक्रमका बिच सहयोग गरिएको सुचना केन्द्रका व्यवस्थापक जय रावतले जानकारी दिए ।
नेपाल लगायत विश्वका १५० देशहरुमा सन् २०३० सम्ममा परिवार योजनाको अपुग माग अन्त्य गर्ने, रोकथाम गर्न सकिने मातृ मृत्यु अन्त्य गर्ने र लैंगिक हिंसा तथा विध्यमान हानिकारक अभ्यासहरु अन्त्य गर्ने रुपान्तरणमुखी लक्ष्यहरु हासिल गर्नाका लागि युएनएफपीएले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैंगिक समानता, किशोर–किशोरी तथा युवा र जनसंख्या गतिशिलताका क्षेत्रहरुमा बिबिध कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ ।
यसैगरि संस्थाले प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशका महिला तथा किशोरीको बिरुद्दमा हुने लैंगिक विभेदमा आधारित सबै प्रकारका हिंसा र विभेदको न्यूनीकरण गर्ने लक्ष्य सहित लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोश्रो चरण (सन् २०२० देखि २०२४ सम्म) कार्यान्वयन गरिरहेको र सो परियोजना बाजुरा जिल्लाका बडिमालिका र बुढीगंगा नगरपालिकाहरुमा संचालनमा रहेको युएनएफपीएका कार्यक्रम संयोजक आत्माराम न्यौपानेले जानकारी गराउनुभयो । सो परियोजना युएनएफपीए, स्वीस सरकार विकास नियोग एसडीसी र नर्वेजियन दुतावासको संयुक्त सहयोगमा कार्यान्वयनमा रहेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर