धनगढीः सुदूरपश्चिममा ३५० मेगावाटको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति प्राप्त भएको छ। मंगलबार बसेको लगानी बोर्डको बैठकले डोटी र डडेल्धुरामा ३५० मेगावाट क्षमताको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति दिएको हो।बैठकले सेन्ट्रल इलेक्ट्रोनिक्स इनर्जी लिमिटेडलाई सौर्य उर्जा आयोजनाको अध्ययन अनुमति दिने निर्णय गरेको हो। जसअन्तर्गत डडेलधुराको अमरगढीमा २२५ मेगावाट र डोटीको सिलगढीमा १२५ मेगावाट क्षमताको सोलार आयोजनाका लागि अध्ययन गरिनेछ। त्यस्तै, निजी क्षेत्रका छाता संस्थाहरुसँग लगानी प्रवर्द्धन तथा समन्वय गर्नका लागि पहल गर्ने विषयबारे आजको बोर्ड बैठकमा छलफल भएको छ। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्बन्धमा सुझाव दिन गठित कार्यदलको समय थप सम्बन्धी प्रस्ताव पनि आजको बोर्ड बैठकमा पेश गरिएको थियो।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर