
बाजुरा– नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले क्याम्पसमा ताला लगाएको छ । ने.बि.संघले बिभिन्न चार बुंदे माग सहित दुई साता अघि क्याम्पस प्रमुखकै कार्यकक्षमा गएर ज्ञापनपत्र बुझाएको थियो ।


उक्त ज्ञापनपत्रमा भनिएको कुराको अहिलेसम्म पनि सुनुवाई नभएपछि ने.बि.संघ क्याम्पसमा ताला लगाउन बाद्य भएको नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पसका इकाई सभापति अनिल बहादुर सिंहले बताए । सभापति सिंहका अनुसार आफ्नो माग सम्बोधन नभएसम्म क्याम्पसमा लाएको ताला नखोलिने बताए ।
क्याम्पस प्रमुख पण्डितसंगको छलफल पछि क्याम्पस प्रमुखले मागको सम्बोधन गर्न नसकिने बताएपछि क्याम्पसमा ताला लगाएको सचिव कमल विकले बताए

। नेपाल विद्यार्थी संघ बाजुराले दुई साता अघि क्याम्पसबाट वितरण गरीने छात्रवृतिको बिवरण तत्काल सार्बजनिक गरीयोस्, क्याम्पसले लिने शैक्षिक शुल्क बिश्व विद्यालयबाट प्रत्येक सेमेस्टर को ४२०० रहेकोमा ७५०० लग्ने गरेको हुदा उक्त शुल्क तत्काल घटाईयोस्, क्यामपस प्रशासनले बिद्यार्थी संगठनलाई हेर्ने दृष्टिकोण समान गरीयोस् र बिषयगत उप—प्राध्यापकको ब्यवस्था र नियमित कक्षा संचालन गरीयोस् भनी ४ बुंदे माग सहित क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्र अहिले खोज्दा क्याम्पसमा नभेटिएको र ज्ञापनपत्रको अवज्ञा गरेको प्रति नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिको आपत्ति रहेको समेत बताएका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर