काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँग परामर्श गरेरै स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलेको छ। देउवानिकट ज्योतिषी सुरेशचन्द्र रिजालले वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको खुलेको हो।
‘सुरुमा जेठ ४ को कुरा भएको थियो। त्यो दिन ज्येष्ठा नक्षत्र परेकाले राम्रो देखिएन’, रिजालले भने, ‘वैशाख ३० गते शुक्रबार हो र अमृत योग पनि परेको छ। अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिन्छ। त्यसैले वैशाख ३० को मिति प्रस्ताव गरेको हुँ।’ यसअघि निर्वाचन आयोगसँगको परामर्शमा प्रधानमन्त्री देउवा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए। ज्योतिषीसँगको परामर्शपछि देउवाले निर्वाचनको मिति अगाडि सारेका हुन्।
निर्वाचन आयोगले पनि सो प्रस्तावमा सहमति जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर