काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक परामर्शमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग २ घण्टा लामो छलफललगत्तै प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा जुटेका हुन् ।
उनीसँग यतिवेला छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती सहभागी छन् । सरकारले भोलि नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ।
त्यसको लागि आवश्यक तयारी गर्न उनीहरु छलफलमा जुटेको बताईएको छ । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गराउने समझदारी गरेका थिए । भोलि मन्त्रिपरिषद्को बैठक राखेर निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर