धनगढी– सुदूरपश्चिमसहित देशभरको मौसममा आइतबारदेखि सुधार आउने देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भने रहेको जनाएको छ।
मौसमविद् निराजन सापकोटाका अनुसार अहिले कैलाली र कञ्चनपुरमा हुस्सु् लागेको छ। ‘सुदूरपश्चिमका तराइका जिल्लामा विहानदेखि हुस्सुले चिसो बढेको छ,’ उनले दिनेशखबरलाई भने, ‘दिउसोदेखि मौसममा सुधार आउने पूर्वानुमान छ। घाम पनि लाग्छ।’
सुदूरपश्चिमका अधिकांश पहाडी क्षेत्रमा भने मौसम सफा रहेको सापकोटाले बताए। अहिले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम सुधार हुने क्रम जारी रहे पनि देशभर चिसो भने कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
गएको बिहीबारदेखि नै देशभर बदली तथा वर्षा एवम् उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो। यो हिउँदमा परेको पानी तथा हिमपातले जाडो तथा तत्काल जनजीविका प्रभावित भए पनि कृषिका लागि भने फाइदा हुने बताइएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर