बाजुरा– प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद स्मृति पत्रकारिता पुरस्कारबाट जिल्लाका २ कृयाशिल जना पत्रकार सम्मानीत भएका छन् । सम्मानीत हुनेमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त विक र रेडियो शिम्भुनाथ कोल्टीमा कार्यरत मनिशा घटाला रहेका छन् ।
विनोद कुमार विकको २०७८ जेष्ठमा कोरोनाका कारण मृत्यु भएको थियो । प्रेस चौतारी नेपाल बाजुराका संस्थापक समेत रहेका विक पत्रकार महासंघ बाजुराका सहसचिव र रेडियो बाजुरा सञ्चालक समितिका सदस्य भएर काम गरेका थिए ।
विक बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष समेत थिय । संस्थापकको सम्झनामा चौतारी जिल्ला शाखाले पत्रकारिता पुरस्कार स्थापना गरेको थियो ।
प्रेस चौतारी नेपालको स्थापना दिवशको अवसरमा प्रदान गरीएको उक्त पुरस्कार पत्रकार बसन्त बिश्वकर्माले स्वर्गिय विककै परिवारलाई हस्तान्तरण गर्ने बताएका छन् ।
प्रेस चौतारीको स्थापना दिवसको अवसरमा हस्तान्त्रण गर्ने गरि स्थापना गरिएको पुरस्कार पहिलो वर्ष बसन्त विश्वकर्मा र मनिशा घटालालाई दिइएको अध्यक्ष नन्दा कुमारी थापाले बताएकी छन् ।
दुबै जनालाई ५ हजार ५ सय ५५ रुपैया नगद सहीत सम्मान पत्र सहीत पुरस्कृत गरिएको हो । दुबैलाई प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओली सहीत चौतारी र युनियनका नेताहरुले सम्मान गरेका हुन् ।
पत्रकारितामा लागेका व्यक्तिहरु सदा जीवीत हुन्छन् र सामाजिक सम्मान पाउँछन् भन्ने सन्देश स्थापना गरिएको पुरस्कारले विक प्रतिको सम्मान, परिवार प्रतिको सहानुभूति र पत्रकारिताको गरिमा बढाउने काम गरिएको प्रति प्रदेश अध्यक्ष ओलीले जिल्ला शाखालाई धन्यवाद दिएका छन् ।
पुरस्कार ग्रहण गर्दै प्रेस चौतारीका केन्द्रीय सदस्य बसन्त विश्वकर्माले सहकर्मी गुमाउँदाको पीडामा दुखेको मनलाई थप बलियो र कठोर बनाएर विनोद विकका अधुरा सपना पुरा गर्ने र पत्रकारिताको उचाइ बढाउने कार्यक्रम प्रतिवद्ध हुन सम्मानले हैसला प्रदान गरेको बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर