• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

रचनाले गाएको ‘न बिर्सें तिमीलाई’लाई प्रतिक्रिया : कता-कता के नपुगेजस्तो !

खप्तड मालिका न्युज February 4, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

२१ माघ, काठमाडौं  झण्डै डेढ दशकअघि सार्वजनिक गजल हो, ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ । यो गजल अञ्जु पन्त र जगदीश समाल दुवैको स्वरमा सार्वजनिक भएको थियो । गजललाई श्रोता-दर्शकले निकै रुचाए ।

विपिन किरणको शब्द रहेको सफल गजलमा महेश खड्काको संगीत छ । स्वर, शब्द एवं संगीत सबै पक्षबाट गजलले निकै प्रशंसा पायो । अहिलेसम्म पनि यो गजलको लोकप्रियता उत्तिकै छ ।

सोही गजललाई गीतकार विपिन किरणले पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गराएका छन् । रचनाको स्वरमा बिहीबार मात्रै यो गजल युट्युबमा सार्वजनिक गरिएको छ । गजललाई युट्युबमा मिश्रित प्रतिक्रिया आएको छ ।

केहीले अञ्जु पन्तको स्वरमा सुन्दै आएको गजललाई रचनाको स्वरमा सुन्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । तर, केही प्रतिक्रियाहरु नकारात्मक पनि छन् जुन मननयोग्य छन् । रचनाको स्वर राम्रो भएपनि अञ्जुले जस्तो न्याय गरेर गजल गाउन नसकेको श्रोता-दर्शकले प्रतिक्रिया दिएका छन् । केहीले यो गजल अहिलेसम्म नबिर्सिएको भन्दै पुनः रेकर्ड गर्ने बेला नभएको समेत बताएका छन् ।

भिडियोको कमेन्टबक्समा एउटा प्रतिक्रिया छ, ‘यो गीत रिमेक गरेको देख्दा रचनाकार वा संगीतकार आफू चर्चाबाट टाढा भएर चर्चामा आउन मात्र प्रयोग गरेको हो जस्तो लाग्यो । रचना रिमाल अब्बल गायिका हुन्, दुई मत छैन । तर यो गीतको रिमेक गर्ने बेला भएको थिएन जस्तो लाग्यो, किनभने यो गीत अझै पनि कसैले बिर्सिसकेका छैनन् र अञ्जु पन्त बिर्सिएका छन् जस्तो लागेन ।’

ज्याक एम नाम गरेका प्रयोगकर्ता लेख्छन्, ‘अञ्जु पन्तको आवाजमा भन्दा राम्रो गर्छु भन्नु पागलपन हो, जगदीश समालको पनि उत्तिकै राम्रो छ । पहिले नै चलेको गीत गजललाई फेरि-फेरि रेकर्ड गराउनुभन्दा योभन्दा अझ राम्रो गीत गजल ल्याउँछु भनेर लाग्नुस् ।’

केहीले भने रचनाको स्वरमा सार्वजनिक गजलको भिडियोमा अञ्जु र जगदीशको नाम उल्लेख नभएकोमा दुःख व्यक्त गरेका छन् । ‘रचनाको स्वर मीठो छ तर यो रिमेक साधारण लाग्यो । हुन त उसै पनि रचना हिट हुनुहुन्छ, तर यहाँ भने कता-कता के-के नपुगे जस्तो लाग्यो । अनि यो कालजयी गजलकी ओरिजनल गायिका अञ्जु पन्तको नाम कहीं कतै पनि लेखिएको देखिएन । अञ्जु पन्तलाई सम्झिनु पथ्र्यो कि ?’ राजेन्द्र उपाध्यायले प्रतिक्रिया दिएका छन् ।

पत्रकार समेत रहेका राजाराम फुयाँलको प्रतिक्रिया छ, ‘युग हाँकेको यो गीत यसरी रि-रेकर्ड गर्ने बेला अलि भएको थिएन कि ? यो सब गर्ने लगानी र श्रम नयाँ गीतमा लगाएको भए राम्रो हुन्थ्यो कि ? रचनाको स्वरमा कुनै कमी छैन, राम्रो गाएकी छन् ।’

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑