मानदेव रोकाया, बाजुरा– राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार गौमुल गाउँपालिकाले आफ्नो तथ्याङ्क गलत भएको बताएको छ । बुधबार पत्रकारहरुसंग कुरा गर्दै गाउँपालिकाकी उपाध्यक्ष सिता थापाले पालिकाको तथ्याङ्क गलत भएको र पुनह गणना गरीनु पर्ने बताईन् । नेपाल सरकारले गरेको ११ औं जनगणनामा पालिकाको जनसंख्या ८ हजार ५ सय १५ रहेको छ भने पालिकाले स्थानिय सरकारको ऐन नियम अनुसार पाश्र्वचित्र निर्माणका क्रममा भने गाउँपालिकाको जनसंख्या १० हजार ६ सय ९४ रहेको देखिन्छ । तर राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार पालिकाको जनसंख्या भने ८ हजार ७ सय ६५ मात्रे देखिन्छ । उक्त तथ्याङ्क सत प्रतिसत त्रुटिपूर्ण रहेको गाउँपालिकाको ठहर छ । गलत सुचनाले राज्यको समग्र प्राणालीमा नकरात्मक असर पर्ने भन्दै त्रुटिपूर्ण विवरण पुनः सर्वेक्षण गरी यथार्थ विवरण सार्बजनिक गर्न नेपाल सरकार केन्द्रिय तथ्याङ्क बिभाग तथा सम्बन्धीत निकायलाई गाउँपालिकाले ध्यानाकर्षण गराएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर