• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

११ वर्षपछि मैत्रीपूर्ण खेलमा नेपालको जित, मरिसस पराजित

खप्तड मालिका न्युज January 29, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित निकालेको छ।

शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको खडेरी तोडेको हो।

सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो।

नेपालले जितको खडेरी तोड्ने क्रममा मरिससलाई १–० गोलले पराजित गर्‍यो।

नेपालको जितमा विमल घर्तीमगरको गोल निर्णायक बन्यो। सुमन लामाले दिएको पासमा विमलले ५५ मिनेटमा गोल गरेका हुन्।
मरिससका गोलकिपर अगाडि बढेको फाइदा उठाउँदै विमलले उत्कृष्ट फिनिसिङ गरेका थिए।

सन् २०१८ मा बंगलादेशविरूद्ध गोल गरेपछि विमलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। ४० महिनापछि गोल गरेका विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो।

विमलले गोल गरेपछि नेपालले अग्रता दोब्बर बनाउन गरेको प्रयासमा कहिले क्रसबार त कहिले पोल बाधक बन्यो।

अन्जन विष्टले डिबक्सबाट उत्कृष्ट प्रहार गर्दा पोलमा लागेको थियो। लगत्तै सुमन लामाको प्रहार बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा जगजित श्रेष्ठको प्रहारलाई मरिसका गोलकिपरले विफल पारे।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो।

पहिलो हाफमा नेपालका लागि सुमन लामाले डिबक्स बाहिरबाट हानेको प्रहार बार नजिकबाट बाहिरिएको थियो।

यस्तै विमल घर्तिमगरले डिबक्समा पाएको अवसरमा गरेको क्रस सिधैं मरिससका गोलकिपरको हातमा पुगेको थियो।

३५ मिनेटमा मरिससले खेलमा अग्रता लिने अवसर गुमायो। एड्रियन फ्रान्कोइसले डिबक्सबाट हानेको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बूले विफल पारे।

४० मिनेटमा सुनील बलको क्रसमा देवेन्द्र तामाङले डिबक्सभित्रबाट गरेको हेड पनि थोरैले बाहिरिएको थियो।

५ मिनेटमा अन्जन विष्टले डिबक्सबाट दोस्रो पोल च्याप्दै प्रहार गरे पनि सफल हुन सकेनन्।

हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले मरिसससँग पहिलो पटक खेलेको हो। फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिससविरूद्ध नेपालले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑