
धनगढी – यहि माघ १२ गते बुधबार धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ। सुदूरपश्चिमकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पर्सनल सेक्युरिटी अफिसर पिएसओ०समेत रहेका रमेशदत्त जोशी मृत फेला परेका थिए।

मृत्युपछि पोस्टमार्टम गर्नुअगि कोरोना परीक्षण समेत गरिएकाले उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए। ‘उनी मृत्युपूर्व बिरामी थिए, साथै कोरोनाको लक्षण समेत देखापरेकाले परीक्षण गर्न लगाएका थियौैं। हिजो९शुक्रवार० उनको रिपोर्ट पोजेटिभ आयो’ उनले भने। मृतक जोशीको पोस्टमार्टम रिपोर्ट आइनसकेको र शवबाट लिइएका नमूना भिसेरा परीक्षणका लागि समेत पठाइएका समेत प्रहरी नायब उपरीक्षक जोशीले बताए। ‘अब सबै रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्नेछ। हामीले अनुसन्धान जारी राखेका छौं’ उनले भने।
प्रहरी हवल्दार रमेशदत्त जोशी धनगढी वडा नम्बर ३ गुरुद्द्वारमार्गस्थित आफ्नै घरमा बस्दै आएका थिए। जोशीको दरबन्दी धनगढी गणमा थियो।
यो समाचार आजको दिनेश खबरमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर