
कोरोनाविरूद्ध खोप लगाइसकेका विद्यार्थीहरूलाई विद्यालयमै उपस्थित हुने गरी पठनपाठनको व्यवस्था मिलाउने वातावरण तयार पारिदिन निजी क्षेत्रका विद्यालय सञ्चालकहरूको छाता संस्थाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग माग गरेका छन्।
बिहीबार मन्त्रालयमा भएको छलफलमा हाल बन्द रहेका विद्यालयहरू यही माघ २३ गतेदेखि सञ्चालन हुने व्यवस्था मिलाइदिन उनीहरूले माग गरेका थिए।
खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै यही माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न प्याब्सनले मन्त्री पौडेलसँग माग गरेको हो।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी लगानीका विद्यालयले गरेका राम्रा कामको मूल्याङ्कन गर्दै सरकारी सेवा सुविधामा विभेद नगर्न आग्रह पनि गरेका थिए।
नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरु ऋण गरेर विद्यालय चलाउन बाध्य भएकाले सरकारले सहुलित दिनुपर्ने माग गरेका थिए।
मन्त्री पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने बताएका थिए।
सरकारले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खोल्ने निर्णय गरेको थियो। स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी विद्यालयहरूले विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्नेछ।
यो समाचार आजको सेतो पाटीमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर