बाजुरा– नेपाली काँग्रेस बाजुराका निवर्तमान पार्टी सभापति कविराज पण्डितले बिमानस्थल निर्माणका लागि तोकिएको कपल्टामा अनुगमन गर्नुभएको छ । शनिबार उक्त क्षेत्रको अनुगमन गर्दै निबर्तमान सभापति पण्डितले बिमानस्थलका लागी बाजुराका सबै राजनितिक दलले एक ठाउँमा भएर लाग्नुपर्ने बताए ।
जिल्ला सदरमुकाम जस्तो ठाउँमा बिमानस्थल अपरिहार्य रहेको बताउदै सभापति पण्डितले बिमानस्थलको सम्भाब्यता अध्यान गरी काम संचालन गर्नुपर्ने बताए । जिल्ला अस्पताल बाट रिफर भएका बिरामीलाई छिटो सुबिधा सम्पन्न अस्पताल सम्म पु¥याउन, जिल्लामा आर्थिक श्रोतको बृद्धी गर्न, पर्यटकिय क्षेत्र बडीमालिका, बुढीनन्दा सम्म पुग्न सजिलोको लागी पनि बिमानस्थलको आवस्यक रहेको बताएका छन् । काँग्रेस अहिले सरकारमा रहेकाले आफुले भ्याएसम्म बिमानस्थल निर्माणका लागी सबैं संग सहकार्य र समन्वय गरेर जाने बताउनुभयो ।
सदरमुकाम मार्तडीमा बिमान स्थल निर्माणका लागि सम्भाब्यता अध्ययनका लागि तोकिएको बडिमालिका नगरपालिकाको वडा न ९ मा रहको कपल्टामा काँग्रेस बाजुराका निवर्तमान पाटी सभापति कविराज पण्डितको टोलिले अनुगमन गरेको छ । निवर्तमान सभापति पण्डित संगै पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल, प्रेस युनियन बाजुराका अध्यक्ष प्रेमबहादुर रौंले सचिव प्रशान्तराज जोशी, लगायत स्थानीयले सो ठाउँको अनुगमन गरि बिमान स्थल बनाउन योग्य ठाउँ रहेको र स्थानियले जग्गा दिन तयार रहेको निवर्तमान सभापति पण्डितले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर