नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ। जनकपुरस्थित युथ क्याम्पससँग सम्बन्धनका लागि त्रिवि अनुगमन निर्देशनालयका उपनिर्देशकले घुस मागेको भन्दै नेविसंघले शुक्रबार तालाबन्दी गरेको हो।
नेविसंघ त्रिवि समितिले विज्ञप्ति जारी गर्दै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ। ‘जनकपुरस्थित युथ क्याम्पसलगायतका दर्जनौं क्याम्पसहरुबाट विश्वविद्यालय पदाधिकारीका नाममा उठाइएको घुस रकम सार्वजनिक गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै भ्रष्ट त्रिवि पदाधिकारीलाई विश्वविद्यालयबाट अबिलम्ब बर्खास्त नगरेसम्मका लागि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको जानकारी गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ।
पीडित विद्यार्थीको भविष्य सुनिश्चित गर्नुका साथै उनीहरुलाई यथोचित क्षतिपूर्ती दिन पनि नेविसंघले माग गरेको छ। उक्त कार्यमा संलग्न पदाधिकारीहरुलाई कारवाही नगर्दासम्म आन्दोलन जारी रहने त्रिवि नेविसंघ समितिका सचिव योगेन्द्र रावलले बताए।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर