• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक, यस्तो छ नेपालको सम्भावना

खप्तड मालिका न्युज January 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

शुक्रबार, माघ ७,
अष्ट्रेलियामा हुने आईसीसी पुरूष टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंकाले नामिवियाको सामना गर्ने भएको छ ।

पहिलो चरण अन्तर्गत श्रीलंका र नामिवियाबीचको खेल अक्टोबर १६ मा अष्ट्रेलियाको गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ।

आइसिसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार अक्टुबर १६ देखि समूह चरणका खेल हुनेछन्।

पहिलो चरणको समूह ‘ए’ अन्तर्गत नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन्।

त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्टइन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन्।

ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ। यी दुई प्रतियोगिताबाट चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन्।

प्रतियोगिताको सुपर १२ को खेलहरू अक्टोबर २२ बाट सुरू हुनेछन्। सुपर १२ को पहिलो खेलमा आयोजक अष्ट्रेलियाले न्यूजिल्यान्डको सामना गर्नेछ।

सिड्नी क्रिकेट ग्राउण्डमा हुने पहिलो सुपर १२ को खेल स्थानीय समय अनुसार १२:४५ बजेबाट सुरू हुनेछ।

सुपर १२ अन्तर्गत भारत र पाकिस्तान एउटै समूहमा परेका छन्।

भारत, पाकिस्तान, बंगालदेश, दक्षिण अफ्रिका र पहिलो समूहबाट आउने दुई टोली समूह २ मा हुनेछन्।

समूह दुई अन्तर्गतको पहिलो खेल भारत र पाकिस्तानबीच मेलवर्न क्रिकेट ग्राउन्डमा अक्टुबर २३ तारिखमा हुनेछ ।

यस्तै समूह एकमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड र न्यूजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन्।

प्रतियोगिताको पहिलो सेमिफाइनल सिड्नी क्रिकेट ग्राउन्डमा नोभेम्बर ९ मा हुनेछ।

यस्तै एडिलेड ओभलमा नोभेम्बर १० तारिखमा दोस्रो सेमिफाइनल हुनेछ।

नोभेम्बर १३ मा मेलवर्न क्रिकेट ग्राउन्डमा फाइनल हुनेछ।

नेपालको सम्भावना

विश्वकप ग्लोबल छनोटका लागि नेपाल समूह ए मा परेको छ। ओमानमा हुने प्रतियोगितामा नेपालले आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।

विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

१६ टिमबीच प्रतिस्पर्धा हुने टी-२० विश्वकपमा १२ टिम भने छनोट भइसकेका छन्।

सन् २०२१ को टी-२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका थिए। अस्ट्रेलिया आयोजकको हैसियतमा यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो।

सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। ८ टिमको समूहमा उत्कृष्ट दुई भित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी-२० विश्वकप खेल्नेछ।

२०२२ विश्व छनोट

समूह ए (ओमान – १५ देखि २५ फेब्रुअरी २०२२) – नेपाल, आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई – दुई टिम विश्वकपमा पुग्ने

समूह बी (जिम्बावे – ८ देखि १८ जुलाई २०२२) – जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका – दुई टिम विश्वकपमा पुग्ने

आइसिसी टी-२० विश्वकप २०२१ को सुपर १२ मा पुगेका –१२ टिम (अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका,वेस्ट इन्डिज र अष्ट्रेलिया)

विश्व छनोट समूह ए – २ टिम

विश्व छनोट समूह बी – २ टिम

जम्मा– १६ टिम

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑