• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका खबरको पहलमा मुगुका हस्त बुढालाई आर्थिक सहयोग

खप्तड मालिका न्युज January 20, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– जिल्लामा संचालित बडीमालिका खबरको पहलमा मुगुका हस्त बुढाको परिवारलाई आर्थिक सहयोग गरीएको छ ।
बडिमालिका खबरमा जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचारका लागि बाजुरामा पुगेका हस्त बुढाको समाचार प्रकाशित पछि उनलाई सहयोग भएको सुमन कुमार शाहीले वताएका छन् ।
समाचार प्रकाशित पछि नेपाल सरकारका पुर्व सचिब तथा सामाजिक अभियान्ता भिम उपाध्यायले सामाजिक सञ्जालमा पोष्ट गरेपछि देश बिदेश बाट सहयोग जुटेको हो । उनले बिक्रि गरेको गोरु फिर्ता गर्न र उपचारमा लागेको थप रकम तिर्न लागि ७७ हजार ५ सय जम्मा भएको अभियान्ता भिम उपाध्यायले वताएका छन् । हस्त बुढाको परिवारको अबस्था बाहिर आएपछि देशबिदेश बाट सहयोग भएको उपाध्यायले वताएका छन् ।
हस्त बुढालाई बाजुराको सदरमुकाम मार्तडीमा बोलाएर १५ हजार नगद हस्तान्तण गरिएको छ । बाँकि रकम भिम उपाध्यायले सोरु गाउँपालिकामा हस्त बुढाको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिदिएका छन् । नगद रकम भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका सुचना अधिकारी सिद्धराज जैशी मार्फत रकम हस्तान्तरण गरिएको छ । हस्त बुढाको परिवार उपचारमा अलपत्र रहेको जानकारी भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका कर्मचारी सुमन कुमार शाहीले बडिमालिका खबरको टिमलाइ जानकारी गराएका थिए । बडिमालिका खबरको टिम अस्पतालमा पुगेर हस्त बुढाकी श्रीमतिको बारेमा समाचार प्रकाशित गरेको थियो ।
हस्त बुढा कार्तिक २७ गते श्रीमतिलाइ बोकेर उपचारका लागि अस्पताल बाजुरामा पुगेका थिए । घर बाट हिडेको चार दिन पछि उनि एक छोरी श्रीमति सहित बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पताल बाजुरामा पुगेर उपचार गरेका हुन् । चरम गरिबिको मारखेपिरहेका हस्तले जोत्ने गोरु बिक्रि गरेर उनि श्रीमति बोकेर उपचारका लागि बाजुरा पुगेका थिए । ४० बर्षिय श्रीमति असाढि बुढाको दाँतमा चार महिना देखी दातमा समस्या भएको थियो । गाउँमा उपचार गर्दा सञ्चो नभएपछि उनि उपचारका लागि बाजुरा पुगेका थिए ।
असाढिको दातमा समस्या आउने बितिकै स्थानिय मेडिकलमा उपचारमा पुगेका थिए । मेडिकलमा दात निकाल्दा अन्यत्र घाउ भएको थियो । तिन महिना सम्म पनि दुखाइ कम नभएपछि स्थानिय स्वास्थ्यकर्मीले सुबिधा सम्पन्न अस्पताल जान भनेका थिए । दाँतमा समस्या भएको केही महिना पैसा नपाएर उनले घरमै पिडा भोग्दै आइन् । ४ महिना पछि खेति लगाउने समयमा गोरु बिक्रि भएपछि २ बर्षिय छोरी श्रीमति बोकेर उपचारमा आएको हस्त बुढाले वताएका थिए । १ हप्ता जिल्ला अस्पतालमा उपचार पछि घर फिर्ता भएका थिए ।
गाउँमा सबैले अब यो घाउ भएको छ, क्यान्सर हुन सक्ने भनेपछि हस्त डराएका थिए । अस्पताल बाजुरामा पुग्ने बितिकै स्वास्थ्यकर्मी सँग उनि भन्थे श्रीमतिको दाँतको क्यान्सर भएको त्यसैले हामी ४ दिन लगाएर उपचारमा आएको बताए । हस्त र उनकि श्रीमति घरमा साना ३ वटा बच्चा छोडेर उपचारमा आएका थिए । घरमा १० बर्षका गगन बुढा, ५ बर्षकि दुर्गा बुढा र ५ बर्षकि सुन्दरा बुढा घरमा छन् । २ बर्षकि उनसा बुढा भने सँगै बोकेर उपचारमा आएका छन् । अस्पताल बाजुराका स्वास्थ्यकर्मी भन्छन्, गाउँमा रहेको स्वास्थ्यकर्मीले जथाभाबी दात निकाल्दा यस्तो समस्या भएको वताएका थिए् । हस्तको गाउँ सोरु गाउँपालिकाका नेर गाउँ हो । यो गाउँ मुगुको निकै दुर्गम गाउँ हो । हुम्ला सँग जोडिएको यो गाउँ प्राय उनिहरुलाइ घर कहाँ हो भन्दा हुम्ला नै भन्ने गरेको हस्त बुढाले वताएका छन् । यहाँका धेरै बासिन्दाहरु स्वास्थ्य सेवा बाट बिमुख रहदै आएका छन् ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑