• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका खबरको पहलमा मुगुका हस्त बुढालाई आर्थिक सहयोग

खप्तड मालिका न्युज January 20, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– जिल्लामा संचालित बडीमालिका खबरको पहलमा मुगुका हस्त बुढाको परिवारलाई आर्थिक सहयोग गरीएको छ ।
बडिमालिका खबरमा जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचारका लागि बाजुरामा पुगेका हस्त बुढाको समाचार प्रकाशित पछि उनलाई सहयोग भएको सुमन कुमार शाहीले वताएका छन् ।
समाचार प्रकाशित पछि नेपाल सरकारका पुर्व सचिब तथा सामाजिक अभियान्ता भिम उपाध्यायले सामाजिक सञ्जालमा पोष्ट गरेपछि देश बिदेश बाट सहयोग जुटेको हो । उनले बिक्रि गरेको गोरु फिर्ता गर्न र उपचारमा लागेको थप रकम तिर्न लागि ७७ हजार ५ सय जम्मा भएको अभियान्ता भिम उपाध्यायले वताएका छन् । हस्त बुढाको परिवारको अबस्था बाहिर आएपछि देशबिदेश बाट सहयोग भएको उपाध्यायले वताएका छन् ।
हस्त बुढालाई बाजुराको सदरमुकाम मार्तडीमा बोलाएर १५ हजार नगद हस्तान्तण गरिएको छ । बाँकि रकम भिम उपाध्यायले सोरु गाउँपालिकामा हस्त बुढाको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिदिएका छन् । नगद रकम भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका सुचना अधिकारी सिद्धराज जैशी मार्फत रकम हस्तान्तरण गरिएको छ । हस्त बुढाको परिवार उपचारमा अलपत्र रहेको जानकारी भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका कर्मचारी सुमन कुमार शाहीले बडिमालिका खबरको टिमलाइ जानकारी गराएका थिए । बडिमालिका खबरको टिम अस्पतालमा पुगेर हस्त बुढाकी श्रीमतिको बारेमा समाचार प्रकाशित गरेको थियो ।
हस्त बुढा कार्तिक २७ गते श्रीमतिलाइ बोकेर उपचारका लागि अस्पताल बाजुरामा पुगेका थिए । घर बाट हिडेको चार दिन पछि उनि एक छोरी श्रीमति सहित बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पताल बाजुरामा पुगेर उपचार गरेका हुन् । चरम गरिबिको मारखेपिरहेका हस्तले जोत्ने गोरु बिक्रि गरेर उनि श्रीमति बोकेर उपचारका लागि बाजुरा पुगेका थिए । ४० बर्षिय श्रीमति असाढि बुढाको दाँतमा चार महिना देखी दातमा समस्या भएको थियो । गाउँमा उपचार गर्दा सञ्चो नभएपछि उनि उपचारका लागि बाजुरा पुगेका थिए ।
असाढिको दातमा समस्या आउने बितिकै स्थानिय मेडिकलमा उपचारमा पुगेका थिए । मेडिकलमा दात निकाल्दा अन्यत्र घाउ भएको थियो । तिन महिना सम्म पनि दुखाइ कम नभएपछि स्थानिय स्वास्थ्यकर्मीले सुबिधा सम्पन्न अस्पताल जान भनेका थिए । दाँतमा समस्या भएको केही महिना पैसा नपाएर उनले घरमै पिडा भोग्दै आइन् । ४ महिना पछि खेति लगाउने समयमा गोरु बिक्रि भएपछि २ बर्षिय छोरी श्रीमति बोकेर उपचारमा आएको हस्त बुढाले वताएका थिए । १ हप्ता जिल्ला अस्पतालमा उपचार पछि घर फिर्ता भएका थिए ।
गाउँमा सबैले अब यो घाउ भएको छ, क्यान्सर हुन सक्ने भनेपछि हस्त डराएका थिए । अस्पताल बाजुरामा पुग्ने बितिकै स्वास्थ्यकर्मी सँग उनि भन्थे श्रीमतिको दाँतको क्यान्सर भएको त्यसैले हामी ४ दिन लगाएर उपचारमा आएको बताए । हस्त र उनकि श्रीमति घरमा साना ३ वटा बच्चा छोडेर उपचारमा आएका थिए । घरमा १० बर्षका गगन बुढा, ५ बर्षकि दुर्गा बुढा र ५ बर्षकि सुन्दरा बुढा घरमा छन् । २ बर्षकि उनसा बुढा भने सँगै बोकेर उपचारमा आएका छन् । अस्पताल बाजुराका स्वास्थ्यकर्मी भन्छन्, गाउँमा रहेको स्वास्थ्यकर्मीले जथाभाबी दात निकाल्दा यस्तो समस्या भएको वताएका थिए् । हस्तको गाउँ सोरु गाउँपालिकाका नेर गाउँ हो । यो गाउँ मुगुको निकै दुर्गम गाउँ हो । हुम्ला सँग जोडिएको यो गाउँ प्राय उनिहरुलाइ घर कहाँ हो भन्दा हुम्ला नै भन्ने गरेको हस्त बुढाले वताएका छन् । यहाँका धेरै बासिन्दाहरु स्वास्थ्य सेवा बाट बिमुख रहदै आएका छन् ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑