• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

सुदूरपश्चिमको कृषि मन्त्रालयका कर्मचारीले बुझे ६३ लाख बढी भत्ता

खप्तड मालिका न्युज January 11, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– गत आर्थिक वर्षमा सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्मचारी र पदाधिकारीले ६३ लाख ५८ हजार ५९० रुपैयाँ भत्ताबाफत रकम बुझेका छन्।

मन्त्रालयले कर्मचारी बैठक भत्ता, पदाधिकारी बैठक भत्ता, महंगी भत्ता तथा अन्य भत्ता शिर्षक दिएर समेत राज्य कोषको लाखौं रकम खर्च गरेको छ। कामभन्दा बैठक भत्तामा रमाउने कर्मचारी र पदाधिकारी प्रवृत्तिका कारण सदुपयोगभन्दा भत्ताको नाममा रकम दुरुपयोग भइरहेको प्रदेशवासीको गुनासो छ। सेवासुविधा दिने नाममा मन्त्रालयका कर्मचारी र पदाधिकारीले जनताले तिरेको करको दुरुपयोग गर्दै भत्ता पचाउने गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का स्थानीय मदन जोशीले गुनासो गरे।

‘भत्ताको नाममा कृषि मन्त्रालयका कर्मचारी र पदाधिकारीले बुझेको रकम हेर्दा यो बेथितिकै नमूनाको रुपमा लिन सकिन्छ’ उनले भने। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मात्र एक वर्षको अवधिमा कर्मचारी बैठक भत्ताको नाममा २७ लाख ३६ हजार ६२८, पदाधिकारी बैठक भत्ताको नाममा ५ लाख ५५ हजार, महंगी भत्ताबाफत ७ लाख ३९ हजार ८ सय, अन्य भत्ता शिर्षक दिएर ११ लाख ७६ हजार ५६८, कर्मचारी तालिमको नाममा १ लाख ४७ हजार ९९९ तथा गोष्ठीको नाममा १० लाख ३ हजार ५९५ रुपैयाँ अर्च गरेको छ। सो अवधिमा भ्रमण खर्चको शिर्षक दिएर थप १२ लाख ९२ हजार बजेट नै विनियोजन गरिएको थियो।

यस्तै मन्त्रालयले पोशाकको नाममा समेत थप ३ लाख ६० हजार खर्च गरेको छ। यति धेरै रकम भत्ता र गोष्ठीको नाममा खर्च हुँदा पनि न त भूमि सम्बन्धी न कुनै काम हुनसकेको छ न त कृषि र सहकारी सम्बन्धी नै। तर मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख गोकुल बोहराले भने गत वर्ष मन्त्रालय अन्तर्गत करारका कर्मचारी धेरै भएकाले यति ठूलो रकम खर्च भएको बताए। मन्त्रालयका प्रवक्ता समेत रहेका बोहराले गत वर्षको तुलनामा यस वर्ष भत्ताको नाममा रकम कटौती भएकाले अब भत्ता लगायतका शिर्षकमा अनावश्यक खर्च नहुने दाबी गरे।

मन्त्रालयसँग आधा भन्दा कम मात्र कर्मचारी भएकाले सोही अनुसार बजेट विनियोजन भएको उनको भनाई छ। सुदूरपश्चिम प्रदेश सरकारले वार्षीक रुपमा विनियोजन गर्दै आएको बजेटको ठूलो अंश विषगत मन्त्रालयहरुले नै मनलाग्दी रुपमा खर्च गर्दै आएपनि नियमन भने कहिँकतैबाट हुन नसकेको प्रदेशवासीको गुनासो छ।

दिनेश खबर

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑