
२४ पुस, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको चार वर्षमा संविधानमाथि पटक पटक आक्रमण भएको बताएका छन् ।
चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले पछिल्लो एक वर्षमा त संविधानमाथि दुई पटक आक्रमण भएको बताए ।उनले गत वर्ष राष्ट्रपति र प्रधानमन्त्री मिलेर नै संविधान खत्तम पार्न खोजेको पनि आरोप लगाए । ‘यो संविधानमाथि बारम्बार आक्रमण भईराखेको छ, यो चार वर्षमा । त्यसमा पनि एक वर्षदेखि २÷२ चोटि संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे’ उनले भने ।
संविधान जारी भएपछि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका जस्ता संस्थालाई मजबुत बनाउनुपर्नेमा झन् कमजोर बनाइएको पनि पूर्वराष्ट्रपति यादवले टिप्पणी गरे । अहिले पनि न्यायपालिका र संसद ठीक ढंगले चल्न नसकेको भन्दै उनले यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेताहरु सबैले आआफ्नो भूमिका ख्याल गर्नुपर्ने बताए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर