
धनगढी– कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भनिएका भारतीय नागरिक छुटेका छन्। भारतीय नागरिक अलि हुसेनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन्।
हुसेनलाई निर्मला प्रकरणमै नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको खुलेको छ। तर उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डीएनए परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हुसेनलाई निर्मला प्रकरणमै पक्राउ नगरिएको भए पनि उनका केही गतिविधि शंकास्पद थिए, सोही कारण डीएनए परीक्षण गरिएको हो, एक प्रहरी अधिकारीले भने।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए। त्यही आधारमा अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको प्रहरीले केही समय अगाडि उनलाई पक्राउ गरेको थियो। भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि थियो। तर प्रहरीको अनुसन्धान अहिलेसम्म असफल छ।
दिनेश खबबर
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर