
पुष २२:प्रेस चौतारी जिल्ला शाखा बाजुराको पाँचौ जिल्ला अधिवेशन आजबाट सदमुकाम मार्तडीमा सूरु हुने भएको छ । चौतारीले पाँचौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदको दावेवारका रुपमा पत्रकार मदन विक पनि कस्सिएर लागेका देखिन्छन् ।
२०६९ बाट पत्रकारिता पेशामा लागेका विकले जिल्लामा प्रकाशित हुने आधादर्जन बढी पत्रीकामा कम्प्युटर अपरेटरसंगै समाचारदाता व्यवस्थापकको भुमिका निर्वाह गरेका थिए । विक एकदशक देखि बाजुरामा पत्रकारीता पेशालाई नै निरन्तरता दिएर अगाडि बढेका छन् । पत्रकारिताकै क्रममा विक प्रेस चौतारीको तेस्रो जिल्ला अधिवेशनबाट मनोनित सदस्य बनेका थिए । सदस्य पदमा रहेर तेस्रो कार्यकालमा संगठन भित्र आफ्नो इमान्दारिता देखाएर संगठनलाई थप मजवुद गर्न लागि परेका थिए ।
२०७२ सालमा भएको चौथो जिल्ला अधिवेशनबाट पत्रकार विक सहसचिवमा निर्विरोध चयन भएका थिए । पत्रकारीतालाई नै निरन्तरता दिदै आएका विकले माउन्टेन टेलिभिजनबाट केन्द्रिय टेलिभिजनमा पहिलोपटक बाजुरा जिल्लाबाट कामको सूरुवात गरेका थिए ।
पत्रकारीताकै क्रममा डिजिटल प्रविधिको विकास भएसंगै जिल्लामा पहिलोपटक संचालन गरिएको बडीमलिका खवरमा भिडियो सम्पादकका रुपमा रहेर काम गरेका थिए । पत्रकार विकले २०७६ सालबाट आफ्नै नागरिक रैबारमा कार्यकारी सम्पादक भएर अनलाईन संचालन गरिरहेका छन् ।
जिल्लामा इमान्दारिताको छवि बनाएका पत्रकार विकले पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा काम गरिरहेका छन् ।
बाजुरामा पत्रकारीता क्षेत्रको विकासका लागि प्रेस चौतारीले पनि पत्रकारलाई अध्यक्षमा चयन गर्नेमा विश्वस्त रहेको बताएका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर