बाजुरा– आज हुन गईरहेको प्रेस चौतारी नेपाल बाजुराको अध्यक्षमा रमित विकले उम्मेद्वारी दिने बताएका छन् । २०६९ साल देखि पत्रकारीता पेशामा आवद्ध भएका विकले २२ गते हुने प्रेस चौतारी नेपाल बाजुराको पाचौं जिल्ला अधिबेशनमा अध्यक्षमा उम्मेद्वारी दिने बताएका छन् । पत्रकार विक नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको पुर्ब सह–सचिव हन् । अध्यक्षका उम्मेदवार विक हाल प्रेस चौतारी नेपाल बाजुराको सह–संयोजक छन् । बिक २०६९ सालमा रेडियो पौरखीमा कार्यक्रम प्रस्तोता हुदै रेडियो पौरखीकै स्टेशन म्यानेजर सम्म भएर काम गरेका थिए । त्यसपछि अन्नपूर्ण पोष्ट र एपी वान टेलिभिजनको जिल्ला रिपोर्टर हुदै रेडियो बाजुरामा समाचार प्रमुखका रुपमा समेत काम गरीसकेका विक हाल रेडियो गौमुलको स्टेशन म्यानेजर पदमा कार्यरत छन् ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराको पाँचौ जिल्ला अधिवेशन पुस २१ गते हुने भएको छ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराको भोली हुने पाँचौ जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको प्रेस चौतारी जिल्ला शाखाले जनाएको छ ।
बडीमालिका नगरपालिकाको सभाहलमा हुने अधिवेशनको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्नु हुनेछ । अधिवेशनमा नेकपा एमाले बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा पनि विशिष्ट अतिथिको रुपमा कार्यक्रममा उपस्थित हुने भएका छन् । अधिवेशनका लागि प्रेस चौतारीका नेता मार्तडी पुग्ने क्रमा जारी रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर