• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 14, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

खप्तड मालिका न्युज January 4, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनमा सत्तारुढ गठबन्धनले साझा उम्मेदवार चयन गर्ने भएको छ भने एमालेले एक्लै प्रतिस्पर्धा गर्ने देखिएको छ ।

निर्वाचनका लागि दुवै पक्षले उम्मेदवार चयन गरिसकेका छन् । गठबन्धनबाट तीन जना उम्मेदवार छानिएका छन् । जसमा नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतबाट नरबहादुर विष्टको नाम टुङ्गिएको छ । उनी संविधानसभा सदस्य र माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

यस्तै नेपाली काँग्रेसले सुर्खेतकै दुर्गा गुरुङलाई उम्मेदवार बनाउने भएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले रातोपाटीलाई जानकारी दिए । गुरुङ सहिद पत्नी रहेको पनि उनले बताए । यस्तै अन्यको सूचीबाट नेकपा एकीकृत समाजवादीले सल्यानका उदय बोहोरालाई उम्मेदवार बनाउने भएको छ ।

यता एक्लो रहेको नेकपा एमालेले पनि तीनै जना उम्मेदवारको नाम टुङ्ग्याएको छ । प्रदेश अध्यक्ष विनोद कुमार शाहीका अनुसार सिफारिस गरिएका ९ जनामध्ये तीन जनाको नाम फाइनल भएको छ । एमालेबाट महिलातर्फ जुम्लाकी गङ्गा महत र अन्य समुदायबाट सुर्खेतका चूडामणि शर्मा उम्मेदवार बनेका छन् । अल्पसंख्यक माझी समुदायबाट दैलेख आठबीस नगरपालिका–४ का पदम माझी उम्मेदवार बनेको उनले जानकारी दिए ।

रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी ९हाल समाजवादी०, हुम्लाका कविता वोगटी ९एमाले० र कालिकोटका जीवन बुढा ९माओवादी केन्द्र०को पदावधि फागुन १८ गते सकिने भएपछि निर्वाचन आयोगले ती सिटका लागि माघ १२ गते निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम घोषणा गरेको हो ।

कर्णालीमा सत्ता गठबन्धनमा तीन दल काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् । मुख्यमन्त्री शाहीले राष्ट्रियसभा निर्वाचनमा आफूहरुको सहज जित हुने दाबी गरे ।

उनले भने, ‘हाम्रो जित त १०० प्रतिशत नै हो नि ।।१ बेइमानी हुने कुरा पनि भएन ।’

कर्णालीमा यस्तो छ मतभारको अवस्था

यसअघि कर्णालीमा नेकपा एमाले एकल बहुमतमा थियो र जनाधार बलियो नै थियो । तर पार्टी विभाजनले एमालेको मतभारमा कमी आएको छ ।

स्थानीय तहको निर्वाचनमा ७९ वटा स्थानीय तहमध्ये एमालेले २९ वटामा जित हासिल गरेको थियो भने माओवादी र काँग्रेसले २५÷२५ स्थानीय तहमा जितेका थिए । कर्णाली प्रदेशसभामा ४० सीटमध्ये एमालेका मात्र २० सांसद थिए । तर एमाले विभाजन भइसकेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढाले ‘फ्लोरक्रस’ गरेका कारण सांसद पद गुमाए भने देवी ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजे ।

अब कर्णाली प्रदेशसभामा एमालेका १३ जना सांसदमात्र छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभातर्फ एमालेको मतभार ६२४ छ । यस्तै एमालेसँग स्थानीय तहमा ८१० मतभार हुन्छ । प्रदेश र स्थानीय तह गरी एमालेसँग कुल एक हजार ४३४ मतभार हुन्छ ।

एकीकृत समाजवादीका तीन जना सांसदको मतभार भनेको १४४ हुन्छ । सो पार्टीका स्थानीय तहका १३ जनाको मताभार २३४ समेत जोड्दा कुल मतभार ३७८ हुन आउँछ ।

यस्तै माओवादी केन्द्रसँग स्थानीय तहमा ५२ पदाधिकारी छन् भने प्रदेशसभामा १२ जना सांसद छन् । माओवादीसँग स्थानीयतहबाट ९३६ र प्रदेशबाट ५७६ गरी कुल एक हजार ५१२ मतभार हुन्छ ।

यस्तै नेपाली काँग्रेससँग स्थानीय तहमा ७२० मतभार छ भने प्रदेसभामा ६ सांसदको ४८ का दरले २८८ मतभार हुन्छ । दुवै जोडदा काँग्रेससँग एक हजार ८ मतभार हुन आउँछ ।

गठबन्धनमा रहेका तीन दलको मतभार कुल २ हजार ८९८ हुन आउँछ भने एमालेसँग एक हजार ४३४ मतभारमात्र हुन्छ । मतभारलाई आँकलन गर्दा गठबन्धन नै बहुमतमा देखिन्छ ।

राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रदेशसभाका सदस्य मतदाता हुन्छन् । पालिकाका प्रमुख उप–प्रमुखको मतभार १८ हुन्छ भने प्रदेश सांसदको मतभार ४८ हुने व्यवस्था छ ।
रातोपाटी

सम्बन्धित पोस्ट
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    समाचार

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑