आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनमा सत्तारुढ गठबन्धनले साझा उम्मेदवार चयन गर्ने भएको छ भने एमालेले एक्लै प्रतिस्पर्धा गर्ने देखिएको छ ।
निर्वाचनका लागि दुवै पक्षले उम्मेदवार चयन गरिसकेका छन् । गठबन्धनबाट तीन जना उम्मेदवार छानिएका छन् । जसमा नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतबाट नरबहादुर विष्टको नाम टुङ्गिएको छ । उनी संविधानसभा सदस्य र माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।
यस्तै नेपाली काँग्रेसले सुर्खेतकै दुर्गा गुरुङलाई उम्मेदवार बनाउने भएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले रातोपाटीलाई जानकारी दिए । गुरुङ सहिद पत्नी रहेको पनि उनले बताए । यस्तै अन्यको सूचीबाट नेकपा एकीकृत समाजवादीले सल्यानका उदय बोहोरालाई उम्मेदवार बनाउने भएको छ ।
यता एक्लो रहेको नेकपा एमालेले पनि तीनै जना उम्मेदवारको नाम टुङ्ग्याएको छ । प्रदेश अध्यक्ष विनोद कुमार शाहीका अनुसार सिफारिस गरिएका ९ जनामध्ये तीन जनाको नाम फाइनल भएको छ । एमालेबाट महिलातर्फ जुम्लाकी गङ्गा महत र अन्य समुदायबाट सुर्खेतका चूडामणि शर्मा उम्मेदवार बनेका छन् । अल्पसंख्यक माझी समुदायबाट दैलेख आठबीस नगरपालिका–४ का पदम माझी उम्मेदवार बनेको उनले जानकारी दिए ।
रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी ९हाल समाजवादी०, हुम्लाका कविता वोगटी ९एमाले० र कालिकोटका जीवन बुढा ९माओवादी केन्द्र०को पदावधि फागुन १८ गते सकिने भएपछि निर्वाचन आयोगले ती सिटका लागि माघ १२ गते निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम घोषणा गरेको हो ।
कर्णालीमा सत्ता गठबन्धनमा तीन दल काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् । मुख्यमन्त्री शाहीले राष्ट्रियसभा निर्वाचनमा आफूहरुको सहज जित हुने दाबी गरे ।
उनले भने, ‘हाम्रो जित त १०० प्रतिशत नै हो नि ।।१ बेइमानी हुने कुरा पनि भएन ।’
कर्णालीमा यस्तो छ मतभारको अवस्था
यसअघि कर्णालीमा नेकपा एमाले एकल बहुमतमा थियो र जनाधार बलियो नै थियो । तर पार्टी विभाजनले एमालेको मतभारमा कमी आएको छ ।
स्थानीय तहको निर्वाचनमा ७९ वटा स्थानीय तहमध्ये एमालेले २९ वटामा जित हासिल गरेको थियो भने माओवादी र काँग्रेसले २५÷२५ स्थानीय तहमा जितेका थिए । कर्णाली प्रदेशसभामा ४० सीटमध्ये एमालेका मात्र २० सांसद थिए । तर एमाले विभाजन भइसकेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढाले ‘फ्लोरक्रस’ गरेका कारण सांसद पद गुमाए भने देवी ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजे ।
अब कर्णाली प्रदेशसभामा एमालेका १३ जना सांसदमात्र छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभातर्फ एमालेको मतभार ६२४ छ । यस्तै एमालेसँग स्थानीय तहमा ८१० मतभार हुन्छ । प्रदेश र स्थानीय तह गरी एमालेसँग कुल एक हजार ४३४ मतभार हुन्छ ।
एकीकृत समाजवादीका तीन जना सांसदको मतभार भनेको १४४ हुन्छ । सो पार्टीका स्थानीय तहका १३ जनाको मताभार २३४ समेत जोड्दा कुल मतभार ३७८ हुन आउँछ ।
यस्तै माओवादी केन्द्रसँग स्थानीय तहमा ५२ पदाधिकारी छन् भने प्रदेशसभामा १२ जना सांसद छन् । माओवादीसँग स्थानीयतहबाट ९३६ र प्रदेशबाट ५७६ गरी कुल एक हजार ५१२ मतभार हुन्छ ।
यस्तै नेपाली काँग्रेससँग स्थानीय तहमा ७२० मतभार छ भने प्रदेसभामा ६ सांसदको ४८ का दरले २८८ मतभार हुन्छ । दुवै जोडदा काँग्रेससँग एक हजार ८ मतभार हुन आउँछ ।
गठबन्धनमा रहेका तीन दलको मतभार कुल २ हजार ८९८ हुन आउँछ भने एमालेसँग एक हजार ४३४ मतभारमात्र हुन्छ । मतभारलाई आँकलन गर्दा गठबन्धन नै बहुमतमा देखिन्छ ।
राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रदेशसभाका सदस्य मतदाता हुन्छन् । पालिकाका प्रमुख उप–प्रमुखको मतभार १८ हुन्छ भने प्रदेश सांसदको मतभार ४८ हुने व्यवस्था छ ।
रातोपाटी
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर