काठमाडौँ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका दुई प्राविधिक प्रहरी नायब महानिरीक्षक डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा सञ्जय बिक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक क्षेत्रीले विरामीलाई सेवा सुविधा तथा रोगको निदान गर्ने चिकित्सकको पेशागत धर्मलाई मनन गरी उनीहरूप्रति सदैव मर्यादित एवम् देवतुल्य व्यवहार गर्नेतर्फ चनाखो हुन निर्देशन पनि दिए। उनले पदोन्नतिसँगै जिम्मेवारीसमेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाइ सङ्गठनले खोजेको र सेवाग्राहीले पाउने उपचार पद्धतीलाई अझै उत्कृष्ट बनाउन पनि आग्रह गरे।
सरुवा बढुवालगायत सेवा सुविधाका लागि सङ्गठनमा एउटा प्रणाली विकसित गरिएको चर्चा गर्दै उनले हरेक प्रहरी कर्मचारीलाई नियम कानुन बमोजिम न्याय दिने सङ्गठनको ध्येय रहेको बताए। उनले प्रहरी अस्पतालको सेवा तथा चिकित्सकको व्यवहारलाई स्मरणयोग्य बनाउनुपर्नेमा जोड दिनुपर्ने जोड दिए।
पदोन्नती भएका प्रहरी नायव महानिरीक्षक डा सञ्जय बिक्रम श्रेष्ठले आफूलाई थप जिम्मेवारी बोध भएकाले जिम्मेवारीलाई हृदयदेखि मनन्गरी पेशागत कार्यक्षमताका साथ उत्कृष्ट ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
रासस
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर