• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बडिमालिका भित्रका सबै बिद्यालय तीन तारे बन्दै, यी हुन् तीन तारेका लागि आवश्यक सूचक

खप्तड मालिका न्युज December 30, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा,१५ पौष : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका क्षेत्र भित्रका सबै बिद्यालयहरुलाई तीन तारे बनाईने भएको छ । नगरपालिका भित्रका सबै विद्यालयलाई तीन तारे बनाउने खानेपानी, सरसफाइ र स्वच्छताका सुविधाहरु स्तरोन्नति गर्ने काम भईरहेको युनिसेफ नेपालका प्रतिनिधी इन्जिनियर राजेन्द्र जैशीले जानकारी दिनुभयो । बडिमालिका नगरपालिका भित्र २५ वटा सामुदायिक विद्यालय सञ्चालित छन् ।बडिमालिका नगरपालिकासँगको समन्वय तथा युनिसेफ नेपालको सहयोगमा तीन तारे विद्यालय घोषणा गर्नको लागि विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५ ले निर्धारण गरेका दश सूचक पूरा गर्ने काम भईरहेको छ । खानेपानी, शौचालय, सरसफाइ स्वच्छता हरियाली वातावरण, शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपत जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहीता लगायतका १० ओटा सूचकहरु पूरा भएपछि विद्यालयलाई तीन तारे घोषणा गरिने युनिसेफ नेपालका प्रतिनिधी जैशीले बताउनुभयो ।
बिद्यालयलाई तीन तारे घोषणाका लागि आवश्यक सबै सूचकहरु पूरा हुने क्रममा रहेकाले बडिमालिका नगरपालिकाका सबै बिद्यालयहरुलाई तीन तारे घोषणाको प्रक्रियामा अगाडि बढेको बडिमलिका नगरपालिका उप प्रमुख कबिता बिष्टले बताउनुभयो । नगरपालिकामा रहेका सबै बिद्यालयमा सबै सूचक सहितका बिद्यालय भवन शौचालयहरु बन्दै गरेको र केही बिद्यालयमा सो काम पुरा भएकोले अबको केही दिनमा केही बिद्यालयहरु तीन तारे घोषणा गरिने उप प्रमुख बिष्टले बताउनुभयो ।
No description available.
तीन तारे विद्यालय घोषणाका लागि आवश्यक मापदण्ड
विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७५ ले कुनै पनि विद्यालयलाई तीन तारे घोषणा गर्नका लागि खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी निम्न सुविधा र मापदण्ड हुनुपर्ने व्यवस्था गरेको छ ।
सूचक १, पानी : सबै बालबालिकाहरुको पहुँच सहितको पिउन र सरसफाइका लागि सुरक्षित र पर्याप्त पानीको उपलब्धता (प्रति व्यक्ति दैनिक १२ लि.)
सूचक २, शौचालय : सुरक्षित स्थानमा बाल, लैङ्गिक, अपाङ्गता र वातावरणमैत्री (२५ छात्रा र ४० छात्रहरुको अनुपातमा) पर्याप्त पानी सहितको सुधारिएका तथा सुचारु शौेचालयको सुविधा सहित दिसा, पिसाबको सुरक्षित निकासको व्यवस्था मिलाइएको ।
सूचक ३, वातावरणीय सरसफाइ: सामग्रीहरूको प्रयोग घटाउने, पुनःप्रयोग गर्ने र पुनःचक्रणको पद्धति लागू गरी फोहोरको व्यवस्थापन गरिएको ।
सूचक ४, सफा र हरियाली वातावरण: विद्यालयभित्रको उपयुक्त खाली जमिनमा वृक्षरोपण र बगंैचा र करेसाबारीको विकास गरिएको ।
सूचक ५ ,स्वच्छता सुविधा:समूहमा साबुन पानीले हात धुने स्थायी सुविधा (छात्रा ४० र छात्र ६० को अनुपातमा एक धारा) मा सबैको सहज पहुँच सहित प्रयोग भई नाली वा सोकपिट वा बगैचा वा करेसाबारीमा पानीको निकासको व्यवस्था गरिएको ।
सूचक ६, स्वच्छता शिक्षा: स्वास्थ्य तथा वातावरण विषयमा विद्यार्थीहरूको व्यक्तिगत सरसफाइ र स्वच्छता व्यवहार (समूहमा हात धुने, व्यक्तिगत सरसफाइ र शौचालयको सरसफाइ गर्ने) का आधारमा अङ्क दिने पद्धतिको अवलम्बन गरिएको ।
सूचक ७, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा: छात्राहरूले पुन प्रयोग गर्ने महिनावारी सामग्री तयार वा प्रयोग गर्ने सीप सिकी वा स्वस्थकर महिनावारी सामग्री प्रयोगमा ल्याएका र महिनावारी स्वच्छता सुविधाहरू सञ्चालनमा रहेको ।
सूचक ८, संस्थागत व्यवस्था र दिगोपना: नियमित मर्मत सम्भारका लागि मर्मत सम्भार कोषको व्यवस्था, आवश्यक सीप र जगेडा औजारहरूको व्यवस्था भएको र नियमित रूपमा तालिका अनुसार शौचालय, पानी टंकी, फिल्टर र हातधुने ठाउँको सरसफाइ गर्ने गरिएको ।
सूचक ९, विपद जोखिम व्यवस्थापन: खानेपानी तथा सरसफाइका संरचनाहरू नेपाल सरकारको स्वीकृत मापदण्ड (विपद जोखिम न्यूनीकरण) अनुसार निर्माण भएको ।
सूचक १०, अनुगमन तथा जवाफदेहिता: खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता सम्पर्क शिक्षकको सहजीकरणमा खानेपानी, सरसफाइ तथा स्वच्छता कर्नर (सम्बन्धित पुस्तक, पत्रिका, पोष्टर, सूचना तथा जानकारीमूलक सामग्री र महिनावारी सामग्री) को स्थापना गरिएको ।
No description available.
बिद्यालयहरुमा उल्लेखित सूचकहरुको अवस्थाका बारेमा केही बिद्यालयको अनुगमन समेत गरिएको छ । उप प्रमुख कबिता बिष्टको संयोजकत्वमा रापकमा रहेको मस्टेश्वरी आधारभुत बिद्यालय र नेपाल राष्ट्रिय माबिको अनुगमन गरिएको छ । बडिमालिका नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर कटुवाल नगरपालिकाका प्रशासन प्रमुख, वडाका जनप्रतिनिधी पत्रकार र युनिसेफका प्रतिनिधीहरुको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो।

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑