
नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म २०६५ मत भन्दा डा।डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १२६८ मत पाउँदा पुष्पा भूसाल ११९६ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १११६ मतका साथ तेस्रो स्थानमा छिन् । यस्तै अम्बिका बस्नेत ९९८ मतसहित चौथो नम्बरमा छिन् भने ९८५ मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा छिन् ।
९४९ मतसहित सरिता प्रसाई छैटौं र रमा कोइराला ८१३ मत ल्याएर सातौं नम्बरमा छिन् । सुशीला ढकालले ७९४ रंगमती शाही ७८० मत ल्याएर आठौं र नौ नम्बरमा छिन् । नम्बरमा स्थान बनाउन अनिता देवकोटा ७७४ मत ल्याएर संघर्ष गरिरहेकी छन् । काँग्रेसमा खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर