
धनगढी– कैलालीमा भूपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै फेरि अर्का युवकको विभत्स हत्या भएको छ। कात्तिक २३ गते लम्कीका युवक बडुवालको हत्या भएको घटना सुल्झिन नपाउँदै फेरि हत्याको घटना सार्वजनिक भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या भएको हो। वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा घाँटी रेटर टाउको अलग पारिएको अवस्थामा उनी मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जंगलमा घाँटी रेटेको अवस्थामा शव फेला परेको बताउदै घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान भइरहेको बताए।
‘परिवारका सदस्यले दिएको जानकारी अनुसार उनी आज विहान मात्रै साथीसंग जान्छु भनेर निस्केका थिए,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘विभत्स अवस्थामा उनी मृत फेला परेका छन्। अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि प्रयोग गर्ने तयारी छ।’
घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली तालिम प्राप्त कुुकरसहित घटनास्थलतर्फ गएको छ। एक प्रहरी अधिकारीका अनुसार घटनास्थल हेर्दा सुरुमा उनलाई रुखमा बाँधेको देखिएको छ।
‘रुखमा बाँधेर नग्न बनाउदै घाँटी रेटर हत्या गरेको देखिन्छ,’ ती अधिकारीले दिनेशखबरलाई भने। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे केही क्लू फेला परेको र अनुसन्धान भइरहेको जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर