बाजुरा– नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो ।
एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जहरु पनि तोकेको छ ।
बिज्ञापन
नेकपा एमाले बाजुरा जिल्ला इञ्चार्जमा लालबहादुर थापाले जिम्मेवारी पाएका छन् । यसअघि पनि जिल्ला इञ्चार्ज रहेका थापालाई फेरि बाजुरा जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ ।
एमालेको दशौं महाधिवेशन केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता थापालाई पुःन जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो ।
त्यस्तै सुदूरपश्चिम इञ्चार्जमा सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन् । यस्तै यसअघि प्रदेश अध्यक्ष रहेका कर्णबहादुर थापालाई प्रदेशमा सहइञ्चार्जको जिम्मेवारी दिइएको छ ।
थापासंगै लिलाकुमारी भण्डारी, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्नालाई पनि प्रदेशमा सहइञ्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट तोकिएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर