• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

सुदूरपश्चिममा लोकसेवाको विज्ञापन खोल्न चाहन्नन् प्रमुख सचिव !

खप्तड मालिका न्युज December 17, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– सुदूरपश्चिम सरकारका मन्त्रालयहरुमा नै कर्मचारी अभाव भएपछि काम प्रभावित भएको छ। कर्मचारी समयोजन ऐन, २०७५ अनुसार सुदूरपश्चिम प्रदेशमा २ हजार २ सय कर्मचारी समायोजन भएर आएका थिए भने सोही संख्यामा कर्मचारीको अभाव रहेको छ। समायोजा भएर आएका कर्मचारीमध्ये केहीले आफ्नो प्रदेशमा सरुवा गराइसकेका छन् त केही कर्मचारी सेवा निवृत्त भएका छन्।

प्रदेश सरकारले आफ्नो मातहत रहने गरी जिल्लास्थित कार्यालयसमेत थपेको छ तर कर्मचारी थप्न सकेको छैन। लोकसेवामाफर्त नयाँ कर्मचारी भर्ना गर्न भने सदूरपश्चिम सरकार असक्षमा देखिएको छ। सदूरपश्चिममा सरकारी सेवामा प्रवेश गरेर जागीर गर्न आउनु भनेको सजाय पाउनु जस्तै ठान्ने मनोवृति कर्मचारी वृतमा रहेको पाइन्छ। एकपटक हाजीर लगाएर बाँकी समय काठमाण्डौं गएर बस्ने कर्मचारीहरुका कारण पनि सुदूरपश्चिम पछाडि परेको गुनासो गरिन्छ। तर संघीयता आएपछि पनि सुदूरपश्चिमले अरु प्रदेशले झै काम गर्न सकेको छैन।

सरकारी कामका लागि विभिन्न योग्यता र पदका कर्मचारी आवश्यक पर्छन तर यहाँका मन्त्रालयमा नै कर्मचारी नभएर काम गर्न समस्या भएको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन्। मन्त्रालयहरुमा सचीव लगायतका कर्मचारीको अभाव छ। दरबन्दीको ५० प्रतिशत कर्मचारी पनि सरकारको मन्त्रालयहरुमा छैनन्, उनले भनिन्, कर्मचारी अभावले सरकारले पूँजीगत खर्च ६ प्रतिशत मात्रै गर्न सकेको छ। लोकसेवा आयोगको विज्ञापन खोल्नेमा प्रदेश सरकार र लोकसेवा आयोग तयार भए पनि प्रमुख सचीवको असहयोगले काम हुन सकेको छैन।

प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहका लागि आवश्यक कर्मचारी पदपूर्ति गर्न प्रदेश लोकसेवा आयोग गठन गरेको हो। कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ मा पदपूर्तिका लागि प्रदेश सरकार र स्थानीय तहले माग गर्न सक्ने व्यवस्था छ। दफा १२ को उपदफा २ मा ’सम्बन्धित प्रदेश वा स्थानीय तहको सेवा सम्बन्धी कानून नबनेसम्म निजामती सेवा सम्बन्धी प्रचलित कानूनको व्यवस्था बमोजिम पदसंख्या निर्धारण गरी पदपूर्ति गरिने छ’ भन्ने उल्लेख छ। तर सुदूरपश्चिम प्रदेशका प्रमुख सचीव मधुसुदन बुर्लाकोटीले भने संघीय निजामती ऐन नआएको भन्दै लोकसेवा आयोग खोल्न असहयोग गरेको प्रदेश सरकारले बताएको छ।

तर प्रमुख सचीव बुर्लाकोटीसँग यो विषयमा कुरा गर्न खोज्दा उनले कुनै प्रतिक्रया दिन चाहेनन्। जे मनमा लाग्छ त्यही लेख्न भन्दै उनले फोन राखे। संघीय निजामती ऐन नभए पनि अन्य प्रदेशले चार पटकसम्म आयोगमार्फत विज्ञापन खोलिसकेका छन्। तर सुदूरपश्चिमका प्रमुख सचिव भने सोही ऐन नभएको भन्दै आयोग खोल्न नदिने अडानमा छन्। प्रदेशमा तात्काल २ हजार बढी विभिन्न पदका कर्मचारी नियुक्त गर्नुपर्ने भए पनि प्रमुख सचीव नै लोकसेवा खोल्ने योजनाको बाधक रहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री जोशी बताउँछिन्।

खुला प्रतिस्पर्धा गरेर सरकारी सेवामा प्रवेश गर्न चाहने हजारौं सुदूरिश्चमका युवाहरुले प्रदेश लोकसेवा आयोगले चाँडै विज्ञापन प्रकाशित गरोस् भन्ने चाहेका छन्। कर्णाली प्रदेशले समेत विज्ञापन गर्ने तयारी अन्तिम अवस्थामा पुगेको जनाएका बेला सदूरपश्चिममा भने कहिले लोकसेवाले विज्ञापन गर्छ त्यो स्पष्ट भएको छैन।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑