• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

किशोरी वृत समिति द्धारा गर्छन , हरेक क्रियाकलाप किशोरीहरु

खप्तड मालिका न्युज December 14, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जयबहादुर रावत / बाजुरा: जिल्लामा संचालित गैर सरकारी संस्थाहरु मध्य गुड नेवर्स इन्टरनेशनल पनि एक प्रमुख संस्था हो । गुड नेवर्स इन्टरनेशनल बाजुरा र पीसविन बाजुराको साझेदारीसँगै कोइकाको आर्थिक तथा प्राविधीक सहयोगमा जिल्लामा थुपै कार्यक्रमहरु गर्ने गरेको पाइन्छ । जिल्लाका पाँच वटा पालिकामा लागु भएको गुड नेवर्स इन्टरनेशनल बाजुराले महिनावारी स्वच्छता सम्बन्धी र अन्य सरसफाई सम्बन्धी विभिन्न कार्यहरु गरेको पाइएको छ । यसै क्रममा त्रिवेणी नगरपालिकाकोे वडा नं.३ पुर्भुतामा रहेको धौलपुरी माध्यामिक विद्यालयमा पनि गुड नेवर्स इन्टरनेशनल बाजुरा र पीसविन बाजुराको साझेदारीसँगै कोइकाको आर्थिक तथा प्राविधीक सहयोगमा थुपै कार्यक्रमहरु गरेको पाइन्छ ।
यस विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरीहरुको स्वास्थ्य र अधिकारमा सुधार परियोजना अन्तरगत गरीएका विभिन्न कार्यक्रमले ठूलो प्रभाव पारेको पार्ईएको छ । कार्यक्रम लागु भएको हरेक विद्यालय झै यस विद्यालयमा किशोरीहरुमा निकै परिर्वतन आएको पाइन्छ । विद्यालयमा रहेका गरिव एक सय पैसठ्ठी जना किशोरीहरुले आफ्नो छुट्टै एक किशोरी बृत समिति निर्माण गरि यसै समिति मार्फत हरेक क्रियाकपाल गर्ने गरेको पाइएको छ । विद्यालयमा कक्षा ९ र १० मा अध्ययन गर्ने किशोरीहरुको मुख्य नेतृत्व रहने गरी १७ जना पदाधीकारी रहने गरी किशोरी बृत समिति गठन गरिएको पाइन्छ । विद्यालयमा हुने हरेक क्रियाकलाप तथा किशोरी सम्बन्धीका सबै क्रियाकलापहरु यसै समिति मार्फत गरिने गरेको सोही समितिकी अध्यक्ष शुस्मा कुमारी साउँदले बताएकी छन ।विद्यालयमा गरिने दैनिक सरसफाइ अन्य छात्रा शैचालय सरसफाई , सरसफाई सामग्री माग , सेनेटरी प्याड माग तथा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरीहरुको स्वास्थ्य र अधिकारमा सुधार परियोजना अन्तरगत सहयोग भएका विभिन्न सामग्रीहरुको प्रयोग तथा व्यवस्थापन यसै किशोरी बृत समिति द्धारा गर्ने गरेको समितिकी अध्यक्ष साउँदले बताएकी छन । यसै समिति द्धारा किशोरीहरुलाई महिनावारी र महिनावारीको समयमा गरिने सरसफाईको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गर्ने गरेको पाइन्छ । महिनावारीको समयमा किशोरीहरुमा आउने विभिन्न स्वास्थ्य समस्याहरुलाई समाधान गर्न यो समितिले निकै भुमिका निर्वाह गरेको पाइन्छ । छात्रा शैचालय सरसफाई , सेनेटरी प्याडको प्र्रयोग ,स्यानिटरी न्यापकिन भेन्डिङ्ग मेसिनको प्रयोग लगायतका विभिन्न क्रियाकलापहरु समिति मार्फत गरिने गरेको पाइन्छ ।
जिल्लाका तीन पालिकामा एकै पटक गरिएका अन्तरक्रिया कार्यक्रम तथा सहयोगको प्रत्येक्ष अनुगमनबाट सो कुराको पनि मुल्याङ्कन गरिएको गुड नेवर्स इन्टरनेशनल बाजुराका परियोजना संयोजक देवेन्द्र शाहले बताएका छन । गत हप्ताको बुधबार जिल्लामा परियोजना लागु भएका पाँच पालिका मध्य तीन पालिकामा महिनावारी स्वच्छता परियोजना कार्यक्रमको विभिन्न संचार माध्यमहरुमा कार्यरत संचारकर्मीद्वारा एक दिने अन्तरक्रिया कार्यक्रमसँगै अनुगमन गरिएको थियो ।
उक्त परियोजना जिल्लाको खप्तड छेडेदह गाँउपालिका, बुढिगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बडीमालिका नगरपालिका, गौमल गाँउपालिका गरी पाँच पालिकामा लागु भएको परियोजना संयोजक शाहले बताएका छन । बुधवार गुड नेवर्स इन्टरनेशनलमा कार्यरत कर्मचारीहरु र संचारकर्मिहरुको टोली छुट्टा छुट्टै तीन वटा पालिकाको सम्बन्धीत ठाउँमा गई महिनावारी स्वच्छता बारे अन्तरक्रिया गरिएको हो । परियोजनाले सहयोग गरेका चार वटा विद्यालयमा गई सो ठाउँमा सहयोग सामग्रीको प्रयोग तथा किशोरा अवस्था समुहकी किशोरीहरुसंग खुला अन्तरक्रिया गरिएको थियो ।
गत साताको बुधबार गरिएको अनुगमनमा सबै ठाउँबाट यस परियोजनालाइ विशेष धन्यवाद तथा थप सहयोगको पेक्षा व्यक्त गरेको पाइन्छ । गुड नेवर्स इन्टरनेशनल बाजुराका कार्यरत कर्मचारी , स्वास्थ्य कार्यालय प्रमुख , शिक्षा इकाइ प्रमुख , अन्य कार्यालयका कर्मचारी तथा विभिन्न मिडियाका संचारकर्मीका सहभागीतामा सो अनुगनम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियोे ।

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑