मानदेब रोकाया, बाजुरा– बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीको सरुवा भएको छ । भण्डारीको जिल्ला प्रशासन कार्यालय बाजुराबाट राष्ट्रिय पञ्जिकरण महाशाखा काठमाण्डौंमा सरुवा भएको हो ।
भण्डारी २ वर्ष अघि बाजुराको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्न बाजुरा आएका थिए । बाजुराको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा करिव २ वर्ष जिम्मेवारी सम्हालेका भण्डारीलाई शुक्रवार नै जिल्ला प्रशासन कार्यालय बाजुरा र बडीमालिका युवा सूचना केन्द्रद्धारा विदाई गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुराले एक औपचारिक कार्यक्रम गर्दै भव्यताका साथ फुलमाला , खादा , मायाको चिनो सहित विदाई गरेको हो । यस्तै मार्तडी स्थित बडीमालिका यूवा सूचना केन्द्रले पनि अविर सहित खाँदा लगाइ ,मायाको चिनो हस्तान्त्रण गरी विदाइ गरिएको बडीमालिका यूवा सूचना केन्द्रका अध्यक्ष प्रशान्तराज जोशीले बताएका छन् ।
बाजुराको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा करिव २ वर्ष जिम्मेवारी सम्हालेका भण्डारीले जिल्ला प्रशासन कार्यालय बाजुरामा सेवा लिन आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएका थिए । साथै उनले नागरिकता वितरण कार्यलाई समेत व्यवस्थित बनाउँदै आएका थिए ।
त्यति मात्रै नभई भण्डारीले जिल्ला प्रशासन कार्यालय बाजुरामा आउन नसकेका कतिपय सर्वसाधारणलाई त सम्वन्धित व्यक्तीकै घरमा पुगेर नागरिकता समेत प्रदान गरेका थिए । बाजुरामा रहँदा जिल्लाका ९ वटै पालिकामा पुगेका सहायक प्रजिअ भण्डारीले विशेष गरी यहाँको प्रशासनिक क्षेत्रलाई उल्लेख्य सुधार गर्न सफल भएका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर