
सर्मिला रोकाया /बाजुरा:- सामुदायिक रेडियो बुढीनन्दाको प्रथम अधिवेशनले जनेश भण्डारी अध्यक्ष रहने गरी नयाँ कार्य समिती चयन गरेको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा सम्पन्न भएको अधिवेशनले ७ सदस्यीय सो समिती चयन गरीएको हो । अधिवेशनबाट अध्यक्ष भण्डारी सहित उपाध्यक्षमा शंकर मल्ल, कोषाध्यक्षमा कल्पना विक चयन हुनु भएको हो । त्यस्तै सञ्चालक समिती सदस्यमा अग्नीराज शाही, रत्नचन्द्र जोशी, नविन शाही र नहकुल जोशी चयन भएसंगै ७ सदस्यीय समिती चयन गरिएको हो । कोल्टी स्थित होटेल ओलिभ इको भिलेजमा मानब संशाधन केन्द्र एचआरसी बाजुराका अध्यक्ष निर बहादुर शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनको उत्घाटन कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पुर्व सांसद हिक्मतजंग शाही रहनुभएको थियो ।

त्यस्तै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाही विशिष्ट अतिथी रहेको कार्यक्रममा विभिन्न पार्टीका प्रमुख एवम प्रतिनिधि र रेडियो बुढीनन्दाका साधारण सदस्यहरुको उपस्थिती रहेको थियो । रेडियो बुढीनन्दाका सञ्चालक समिती सदस्य सचिव तथा प्रबन्ध निर्दैशक अनिल शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्वतमान कोषाध्यक्ष शंकर मल्लले शुभकामना मन्तव्य राख्नु भएको थियो । सम्पन्न अधिवेशनलाई सम्बोदन गर्दै अतिथीहरुले बाजुराको दुर्गम क्षेत्रमा रेडियो सञ्चालन गरी दुर्गमका जनतालाई सुसुचित गर्ने कार्य गरेको प्रति धन्यवाद दिदैं आगामी दिन थप सशक्त र प्रविधि मैत्री बनाउँदै जानु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी तथा युवा संघंका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीले रेडियो स्थापनाका क्रम देखि आफु जोडिएकाले आगामी दिनमा पनि सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा एसका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज शाहीले हाम्रो जस्तो दुर्गम क्षेत्रमा रेडियोले गरेको काम प्रति आफु खुसी भएको र यसले अझ जनताका आवाज उठाउनु पर्नेमा जोड दिनुभएको छ । पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष भण्डारीले रेडियोलाई स्वतन्त्र, निष्पक्ष, सत्य तथ्य र विश्वसनीय बनाउनेमा आफू कुनै कुरामा पछि नहट्ने बताउनुभयो । आगामी दिनमा रेडियोको आफ्नै कार्यालय बनाउने र सेवा क्षेत्र विस्तार गरी बहु सञ्चार माध्यमका रुपमा विकास गर्ने बताउनुभयो । अधिवेशनले निर्वतमान सदस्य चिरनजीवि शाहीलाई संरक्षक समितीको सदस्यमा मनोनयन समेत गरेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर