• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 14, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

रामचन्द्र पौडेलकी छोरी पनि राजनीतिमा, चुनिइन् कांग्रेस महाधिवेशन प्रतिनिधि

खप्तड मालिका न्युज November 23, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी माइली छोरी संज्ञा पोखरेल पौडेल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्।

कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ उम्मेदवारी दिएर संज्ञा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।कांग्रेस महाधिवेशनका क्रममा उक्त क्षेत्रबाट ४ जना खुला महिलाका लागि ११ जना उम्मेदवार थिए। संज्ञाले दोस्रो लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि जितेकी हुन्। उनले ३९५ मत ल्याएकी थिइन्।

कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ सबभन्दा धेरै मत नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाटले ल्याएकी थिइन्। सोही स्थानमा माया बराल र निशा मल्ल ठकुरीले पनि महाधिवेशन प्रतिनिधि जितेका हुन्।

कांग्रेसको प्रत्यक्ष राजनीतिमा होमिनुअघि संज्ञा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील थिइन्। माइतीतर्फ मात्र नभई घरतर्फ पनि पारिवारिक पृष्ठभूमि राजनीतिक नै रहेको उनले बताइन्।

कबलष्mबभखभचथनजबच दयह बम द्दलmद
‘परिवारका सबै जना राजनीतिमा आबद्ध हुनुहुन्छ,’ उनले भनिन्, ‘मलाई महाधिवेशन प्रतिनिधि लड्न पनि उहाँहरूले साथ दिनुभयो।’

संज्ञाका श्रीमान परमेश्वर पोखरेल कांग्रेसनिकट इञ्जिनियर एसोसिएसनमा आवद्ध थिए। एसोसिएसनबाटै यसअघि महाधिवेशन प्रतिनिधि समेत बनेका थिए। जापानमा रहँदा पोखरेल कांग्रेसनिकट जनसम्पर्क समितिको महामन्त्री भएका थिए। १३ औं महाधिवेशनमा पोखरेल कास्कीबाट महाधिवेशन प्रतिनिधिमा पराजित भए। यसपालि भने उठेनन्।

संज्ञाले कांग्रेससँग नजिक रहेका संस्था शैलजा आचार्य आदर्श समाज जिल्ला सदस्य, मंगलादेवी प्रतिष्ठान प्रदेश संयोजक, अन्तरपार्टी महिला सञ्जाल कास्की सदस्यलगायत संस्था र समितिमा बसेर काम गरिन्। पार्टीको प्रत्यक्ष राजनीतिमा पनि यसपालि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएर होमिएकी हुन्।

कांग्रेस वरिष्ठ नेता रहेका बुवा रामचन्द्र पौडेलका कार्यक्रममा पनि उनी सरिक भइरहन्थिन्।

‘कास्कीमा मात्र होइन, अरू जिल्लाका कार्यक्रममा पनि बुवासँग हिँड्थें,’ उनले भनिन्, ‘बुवाले पनि राजनीतिमा लाग्न हौसला दिनुभयो।’

वरिष्ठ नेता पौडेलका ४ छोरी र १ जना छोरा छन्। उनका छोरा चिन्तन पौडेल यसअघि २ पटक महाधिवेशन प्रतिनिधि बनिसकेका छन्। यसपालि भने चिन्तन पार्टीको आन्तरिक चुनावमा उठेका छैनन्।

पौडेलकी जेठी छोरी शर्मिला खनाल दूरसंचार युनियन चितवन अध्यक्ष छिन्। साइली छोरी डा। अनुज्ञा पौडेल मेडिकल डाक्टर हुन्। अनुज्ञा परिवारसहित अमेरिकामा छिन् भने कान्छी छोरी अवज्ञा पौडेल सानिमा विकास बैंक सोह्रखुट्टे काठमाडौंको ब्रान्च म्यानेजर छिन्।

कास्कीमा कांग्रेसभित्रको आन्तरिक राजनीतिमा पौडेल पक्ष बलियो छ। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि संज्ञाले बुवा रामचन्द्रलाई फोन गरेर जानकारी गराएको बताइन्।

‘बुवालाई मैले जितें भनेर फोन गरेको थिएँ, अघि थाहा पाइसकें भन्नुभयो,’ उनले भनिन्, ‘हजुरआमाले छोरीहरूका लागि केही गरेन भनेर बुवालाई भन्नुहुन्छ, छोरी आफैं जित्न सक्छ मैले केही भन्नुपर्दैन भन्नुभयो।’

कास्कीबाट महाधिवेशन प्रतिनिधि बन्न बुवाको सहयोगभन्दा पनि आफ्नै सक्रियताले जित्न सकेको उनको दाबी छ।

महाधिवेशन प्रतिनिधि बनेकी संज्ञाले जिल्ला अधिवेशन सकिएपछि मात्र राजनीतिमा अझ अघि बढ्ने कि नबढ्ने निर्णय गर्ने बताइन्।

‘अब अगाडिको चुनाव लड्ने कि नलड्ने जिल्ला अधिवेशन सकिएपछि मात्र निर्णय गर्छु,’ उनले भनिन्, ‘पहिला त पार्टीका साथीहरूले भन्नुपर्‍यो नि।’

सम्बन्धित पोस्ट
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    समाचार

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑