आइसिसी टी २० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। युएईमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार भुटानलाई ८ विकेटले हराएको हो।
भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८।३ ओभरमा २ विकेट गुमाएर पार गर्यो। नेपालको जितमा सीता रानामगरले १७ रन जोडिन्। उनले १३ बलमा २ चौका प्रहार गरिन्। कप्तान रूबिना क्षेत्री १० रनमा रनआउट भइन्।
इन्दू बर्माले नटआउट २६ रन जोडिन्। उनले २६ बल नै खेल्दा २ चौका हिर्काइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ६ विकेटको क्षतिमा ६१ रन जोड्यो। भुटानका लागि ओपनरद्वय नवाङ छोडेन १३ रन र सोनाम पाल्दनले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा नेपालकी सीता रानामगरले ३ विकेट लिइन्। उनले ४ ओभरमा १० रन खर्चिइन्। करुणा भण्डारीले १ विकेट हात पार्दा भुटानका दुई ब्याटर रनआउट भए। अब नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ।
छनोटको अंक तालिकामा युएई लगातार दुई जित निकालेर ४ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपाल, भुटान र हङकङले २ २ अंक जोडेका छन्। यसअघि नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो।
छनोटमा नेपालसहित घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ। छनोटअघि नेपालले कतारसँग ३ खेलको टी २० सिरिज खेलेको थियो। सिरिज नेपालले क्लिनस्विप गरेको थियो।
सेतो पाटी
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर