• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 07, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

भैरहवामा कांग्रेसको मतगणनास्थलमा झडप, ५ घाइते

खप्तड मालिका न्युज November 20, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। प्रदेश नम्बर ३ क को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच एक आपसमा आक्रमण भएको हो।

देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनछि मतगणनास्थलमा आक्रमण भएको थियो।

मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका युवाको समूहले अचानक आक्रमण गरेको थियो। श्रेष्ठले उक्त समूहको आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएको सेतोपाटीलाई जानकारी दिए।

पन्तको नाकमा गम्भीर चोट लागेको र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको जानकारी दिए। ‘अरू चार जनालाई पनि चोट लागेको छ, तर पन्तको नाकबाट रगत बग्न नरोकिएपछि भीम अस्पताल भैरहवाबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याईएको छ,’ उनले भने।

मतगणनामा आफूले अग्रता लिँदै गरेको अवस्थामा एक हुल व्यक्ति मतगणनास्थलमा प्रवेश गरि जेनेरेटर बन्द गराएर आक्रमण सुरु गरेको उनले बताए।

आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ। मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण समर्थकले आक्रमण गरेको श्रेष्ठले आरोप लगाए। आक्रमणको नेतृत्व तरूणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङले गरेको उनले दाबी छ।
सेतोपाटी

सम्बन्धित पोस्ट
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का
  • बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    समाचार

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै

    दलित पत्रकार सङ्घको अध्यक्षमा गोपाल बराइली निर्वाचित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑