धनगढी– धनगढी उपमहानगरपालिकाले दुई वर्ष अगाडि नै प्लास्टिक प्रतिबन्ध गर्ने घोषणासहित नीतिगत निर्णय गरेको थियो। त्रिनगर कृषि उपज हाट बजारबाट अभियानकै रुपमा प्लास्टिक प्रतिबन्ध गर्ने कार्यक्रमको सुरुवात समेत गरेको उपमहानगरपालिका अहिले भने आफ्नो निर्णयबाट पछि हटेको छ। प्लास्टिकलाई प्रतिबन्ध गर्ने अभियानले निरन्तरता नपाउँदा धनगढीमा प्रदूषण फैलिएको सुरज चन्दले बताए। ‘नगरपालिका आफैले गरेको निर्णय कार्यान्वयन गर्न असफल भएको छ। जनप्रतिनिधिकै उदासिनताका कारण यो समस्या देखिएको हो’ उनले भने।
दीर्घकालीन फाइदाका लागि नभएर तत्काल चर्चा पाउनका लागि निर्णय हुँदा कार्यान्वयन नभएको तर्क धेरैको छ। प्लास्टिक प्रतिबन्ध गर्नु वातावरणका लागि निकै महत्वपूर्ण भएपनि उक्त कार्यक्रम प्रभावकारी हुन सकेको छैन। प्लास्टिकलाई प्रतिबन्ध गरेर कागज वा कपडाका झोला प्रयोगमा ल्याउन उपमहानगरपालिका असफल भएको छ। जसका कारण वातावरण प्रदूषण पनि बढेको छ। उप–महानगरपालिकाले गरेका अधिकांश निर्णयहरु असफल भएको नागरिक समाजका अगुवा खडकराज जोशीले बताए। ‘धेरै निर्णय भावनात्मक रुपमा हुने गरेका छन्। यसले दीर्घकालीन फाइदा हुँदैन’ उनले भने। प्लास्टिक प्रतिबन्ध गर्ने निर्णयको अवस्था पनि यस्तै भएको उनले बताए।
धनगढीका घरघरबाट निस्कने फोहरसमेत व्यवस्थापन हुन सकेको छैन। सडक किनार तथा खोला छेउमा फालिने फोहरसँगै अव्यवस्थित रुपमा जलाइने प्लास्टिकले प्रदूषण बढाएको विभिन्न तथ्यांकले समेत देखाउने गरेको छ। तर आफैले गरेको निर्णय कार्यान्वयन गर्न असफल भएको उपमहानगरपालिका भने विभिन्न बहानन बनाउदै पन्छिरहेको छ।
कोरोना महामारी कारण उक्त निर्णय कार्यान्वयनमा गर्न चुनौती देखिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताउँछन्। उनी भन्छन्, ‘प्लास्टिक नियन्त्रण गर्न अभियाननै सञ्चालन गरेका थियौं। कोरोनाका कारण अगाडि बड्न सकेन अझ फेरि सुरु गर्ने तयारीमा छौं।’
दिनेश खबर
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर